विद्यार्थी सवार गाडी पल्टिदा विद्यार्थी घाइते

  • फाल्गुन ९, २०७९
  • ६६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल फाल्गुन ९ । विद्यालयको समयमा करीब ११ बजेर ३० मिनेटमा विद्यार्थी बोकेर गन्तब्य तिर जाँदै गरेको अवस्थामा गाडी अनियन्त्रित भैइ खेतमा पल्टिँदा गाडीमा सवार केही विद्यार्थी सामान्य घाइते भएका छन । कर्जन्हा नगरपालिका वडा नं. ६ स्थित भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे. १ ख. १६८४ नं. को शिक्षानान्तर ऐकेड्मी कर्जन्हाको स्कुल बस आफै अनियन्त्रित भई खेतमा पल्टिदा उक्त बसमा सवार रहेका बिद्यार्थीहरु कर्जन्हा नगरपालिका वडा नं. ११ बस्ने जितेन्द्र राउतको छोरी अं. बर्ष ७ की आशिका राउत र वडा नं. ९ बस्ने अजित साहको छोरा अं. बर्ष ६ को प्रशान्त साह सामान्य घाइते भएका छन । घाइते दुवै जनाको स्थानीय फुल कुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचार भई रहेको छ भने दुवै जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरुको उपचार स्थलमा आफन्तहरु पुगिसकेको छ भने बस सहित चालक कर्जनहा. ६ बस्ने लक्ष्मी दासको छोरा अं. बर्ष २७ को दिपेन्द्र दासलाई प्र.चौ.कर्जन्हाले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रवीन्द्र राज पाण्डेले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१