पर्साकाे महादेवपट्टीमा माेटरसाईकल दुर्घटना हुदा एक जनाकाे मृत्युु

  • आश्विन २१, २०७९
  • ९११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हरिकिशोर शर्मा जिराभवानी २१ असाेज : पर्साको जिराभवानी गाउँपालिकामा भएकाे मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिराभवानी गाउँपालिका वडा नम्बर १ जगतियामा ग्यारेज सन्चालन गरेका जगरनाथपुर गाउँपालिका वडा नम्बर २ पाण्डेपुरका ३८ बर्षीय उमेश यादव रहेका छन ।  बिहीबार राति ग्यारेजबाट काम सकाएर बीआर २२ के ३७८३ नम्बरको मोटरसाइकलमा सवार भई यादव घर जाने क्रममा जिराभवानी गाउँपालिका वडा नम्बर १ महादेवपट्टी गाउँ नजिकको कल्भर्टमा मोटरसाइकल अनियंत्रित भई ठोक्किएर कल्भर्ट मुनि खसेको र यादवकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक प्रकाश महतोले जानकारी दिनुभयो ।मृतक यादवको शव पोस्टमार्टमको लागि वीरगन्जकाे नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१