जनकपुरमा डेङ्गीबाट थप २ जनाको ज्यान गयो

  • आश्विन १३, २०७९
  • ८२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असाेज १३ । नेपालमा डेङ्गी सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको छ । गएको साउनदेखि आज बिहीवारसम्म डेङ्गीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । अहिलेसम्म देशभरका २८ हजार एक सय नाै जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ । प्रदेशगतरूपमा सबैभन्दा धेरै बाग्मतीमा २१ हजार नाै सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि लुम्बिनी प्रदेशमा तीन हजार एक सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश १ मा आठ सय २९, मधेस प्रदेशमा चार सय १३, गण्डकीमा ६ सय ७७, कर्णालीमा दुई सय ३८ र सुदूरपश्चिम प्रदेशमा आठ सय ५० जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१