आकाशे पानी नपरेका कारण किसान चिन्तित: रोपेको धान जोगाउन कठिन

  • श्रावण ३, २०७९
  • १००१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान साउन ३ गते । सिरहा सहित तराईमा लामो समयदेखि पानी नपरेको कारणले वर्षाको भरमा खेतीपाती गर्ने किसानहरुलाई रोपाइँ गरेको धान जोगाउन समस्या भएको छ । नेपाललाई कृषि प्रधान देश भनेर चिनिने भएता पनी तराईका अधिकांश जिल्लामा सिचाइको उचित व्यवस्था नभएको कारण यहाका किसानलाई खेतमा रोपाईं गरिसकेको धानलाई जोगाउन कठिनाइ भएको छ । समयसमयमा पानी नपरेको कारण तराईका किसानले रोपाइँ गरेको धान सुख्न थालेपछि चिन्तित भएका छन् । किसान अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेकाले खेतमा रोपाईं भैसकेको धानलाई घामबाट जोगाउन समस्या भएको स्थानीयहरूले बताए । पछिलो वर्ष बेमौशमी वर्षाका कारण फलेर काटिसकेको धान खेतमै कुहिएको समाचार सर्वबितिदै छ त्यों पीड़ा अझै किसान बिर्सन नपाउदै यस वर्ष झन बर्षा नै रोकिएकोमा स्थानीय सरकार दोसी हो भन्दै स्थानीयको आरोप छ । जून किसानले उब्जाएको अन्न खाएर शहरका ठूला ठूला नेताहरु भाषण थोकिरहेका छन उनिहरुको ध्यान यतिखेर किन किसानको खेतमा गएको छैन भनी आरोप समेत लगाएका छन ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१