शिव मन्दिर जीर्ण अवस्थामा (तस्बिर सहित )

  • माघ २४, २०७८
  • ७०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु । ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको कपिलवस्तुको कुदान क्षेत्र भित्र रहेको शिव मन्दिर जीर्ण अवस्थामा रहेको छ । कुदान गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक गृहनगर कपिलवस्तु मा आउँदा आफ्नो मातापिता तथा परिवारसँग भेट गरेको स्थान हो । मन्दिरलाई हेर्दा संरचना धेरै पुरानो रहेको थाहा हुन्छ । दिनप्रतिदिन मन्दिर जीर्ण बन्दै गएको छ तर यसलाई पुन निर्माण र संरक्षण मा कसै को ध्यान पुगेको छैन । हिन्दु युवा शक्ति कपिलवस्तु को टिम अनुगमन मा गएको बेला मा कुदान क्षेत्र भित्र रहेको शिव मन्दिरको अवस्था जीर्ण रहेको हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेयले बताए । शिव मन्दिर किन जीर्ण बन्दै गएको यश मा किन जनप्रतिनिधि र पदाधिकारी को ध्यान गएको छैन । पाण्डेयले भने कि कुनै पनि ठाउँमा महजिद , गुम्बा र चर्च यस्तो जीर्ण अवस्थामा छैन होला तर छ भने त्यहाँ मानिस छैनन् भने मात्र जीर्ण अवस्थामा होला तर जुन ठाउँमा हिन्दु धर्म मान्ने मानिस धेरै रहेको ठाउँमा शिव मन्दिर किन जीर्ण अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१