पोखरभिण्डामा आगजनीविरुद्ध चार युवाविरुद्ध प्रहरीमा उजुरी

  • मंसिर ३, २०७८
  • ८९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

गद्दरसिँह करिम लहान, २ कातिक । सिरहाको लक्ष्मीपुर पतारी २ पोखरभिन्डा स्थित एक पसलमा आगजनी गरेको आरोपमा चार जनामाथी ईलाका प्रहरी कार्यालय लहानमा उजुरी परेको छ । कठघरामा पसल गर्दै आएका विष्णुदेव यादवको पसलमा कात्तिक ३० गते आगजनी गरी करिब दूई लाखको मालसमान नष्ट गरेको आरोपमा स्थानीय चार युवामाथी प्रहरीमा उजुरी परेको छ । पीडित यादवले न्यायको लागि स्थानीय सन्तोष कामैत, सरोज कामैत, राकेश राय र अनल रायविरुद्ध लहान प्रहरीमा उजुरी दिएको छ । पीडित यादवले ‘कातिक २८ गते यिनीहरुले मलाई धम्की दिएका थिए ।’ ‘त्यसपछि कातिक ३० गते राती आगजनी गरेको हो ।’ ‘धम्की दिएको दूई दिनमा यस्तो आगजनी यिनीहरुले नै गरेको हो । यादवले दावी गर्दै यिनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएको छ । आगजनीमा मदिरा, अण्डा, फ्रिज, मिक्चर मेसिन, टेवुल, कुर्सी, चौकी, बेन्च, सिलिन्डर, ग्यास चुल्ला, भाडाकुडा, कपडासहित अन्दाजी एक लाख ७९ हजार २ सय बराबरको मालसमान जलेर नष्ट भएको यादवले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१