राइजिंग लाइफ फाउंडेशन द्वारा स्वास्थ्य सामग्री र खानाको ब्यवस्था

  • आश्विन २२, २०७८
  • ४९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रिन्स मिश्रा बहादुरगंज कपिलवस्तु ‌। सेवा नै धर्म हो भन्ने मूल नाराका साथ कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखाला संक्रमणकाे विषम परिस्थितिमा खाना , पानी , मास्क, फल लगायत अतिआवश्यक सामग्री बितरण गरिएको छ । झाडापखाला संक्रमणकाे विषम परिस्थितिमा शिवराज अस्पताल बहादुरगंजमा खाना , पानी लगायत अतिआवश्यक सामग्री कमी हुन नदिन उपचाररत बिरामीहरुको लागि स्थानीय राइजिंग लाइफ फाउंडेशन नामक संस्थाले सक्दाे सहयाेग पुर्याउदै आएको संस्थाका संयोजक प्रतिक शुक्लाले जानकारी दिनुभएको छ । आइतबार देखि झाडापखाला संक्रमणकाे विषम परिस्थिति फैलिए देखी हामी बिरामीहरुको सेवा गरीरहेका छौं र गरी रहने छौं संस्थाका अध्यक्ष राज तिवारी र कोषाध्यक्ष नवाज़ शाहले बताएका छन । संस्थाले , मास्क , खाना ,जीवन जल, पानी लगायतका सामाग्री बिरामीहरुलाई बितरण भईरहेको संस्थाका सचिव देबेश शुक्ल र सोही संस्थाका सल्लाहकार तथा सेंट ज्युडस एकेडमीका प्रधनाध्यपक तफ़्सीर अहमदले जानकारी दिनुभएको छ । आइतबारदेखि फैलिएको महामारीबाट दुई जनाको मृत्यु भएको छ , भने करिब ६० भन्दा बढी बिरामी शिवराज अस्पतालमा उपचाररत रहेको शिवराज अस्पतालका निमेसु डॉ मुकेश चौधरीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१