लहान- २२ मा स्कुल बस दुर्घटना

  • आश्विन १५, २०७८
  • १८६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १५,असोज । सिरहाको लहान नगरपलिका वडा नम्बर - २२ टोल सिसवनीमा आज स्कुल बस दुर्घटनामा परेको छ । स्थानिय सत्येन्द्र नारायण चौधरीको पोखरी नजिक रहेको घुमाउरो बाटोमा अनियंत्रित भई बस पोखरीमा खसेर दुर्घटनामा परेको स्थानीय सुशान्त चौधरीले जानकारी दिनुभयो । लहान - २२ स्थित रहेको प्र२ -०१- ००१क -००९३ नम्बरको ज्वालामुखी ईङ्ग्लिश बोर्डिङ्ग स्कुलको बस दुर्घटनामा परेको हो । बिद्यार्थीलाई छोडेर स्कुल फर्किने क्रममा अनियन्त्रित भएर पोखरीमा खसेको जनाईएको छ । दुर्घटनाबाट मानवीय क्षती नभएपनी बाटो साङ्हुरो रहेको उक्त ठाउँलाई मर्मत सम्भार गर्न नगरपालिका र वडा कार्यालयले चासो देखाएको छैन् । लोकमार्ग भन्दा करिव ३ किलोमीटर दक्षिणमा पर्ने उक्तबाटोमा दैनिक रुपमा हजारौं सवारी साधनहरु प्रतिदिन चल्ने गरेको छ । लहान नगरपालिकाले वडा र टोलबाट कर उठाउने तर विकास पटक्कै नगर्ने मनसायमा रहेको स्थानीय युवा निशान्त चैधरीले बताए ।

Open Photo

Open Photo

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१