ट्याक्टर पल्टिँदा सिरहामा किचिएर एक जनाको मृत्यु, दुवै जना फरार

  • श्रावण २७, २०७८
  • ६८३ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा – ट्याक्टर पल्टिँदा सिरहामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गोलबजार नगरपालिका १ निपानेका ३० वर्षीय अरुण यादव रहेका छन् ।मृतक यादव सोही ट्याक्टरमा लेवरको रूपमा काम गर्दै आएका थिए ।

सिरहामा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर ७ स्थित गागन खोलानजिकै स १ त ५९३५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको हो ।साउनदेखि भदौ मसान्तसम्म खोला बन्द रहेको अवस्थामा ट्याक्टर रातिको समयमा बालुवा ल्याउन गागन खोला गएको थियो । सोही क्रममा ट्याक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

ट्याक्टर दुर्घटनापछि ट्याक्टरमा रहेका सबै फरार भएका थिए । बिहान मात्रै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेको प्रहरीले शव ल्याएर पोष्टमार्टमको लागि लहान पठाएको छ ।

ट्याक्टरका चालक अर्जुन मुखिया र ट्याक्टरधनी दिनेश यादव दुवै जना फरार रहेको र उनीहरूको तीब्र खोजीकार्य भइरहेको सिरहाका प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१