भजनकिर्तनका क्रममा माइकमा करेन्ट लागेर दुईजनाको मृत्यु

  • श्रावण २६, २०७८
  • ५७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषा साउन २६ : धनुषामा भजनकिर्तन भइरहेको बेला माइकमा करेन्ट लागेर दुईजना किर्तनमण्डलीको ज्यान गएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ पर्सा टोलका बुलन यादवको घरमा भइरहेको भजनकिर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका ३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षका मनिराम यादव रहेको प्रहरीले जनाएको छ । दुबैजनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१