गोलिहानी हत्या गरिएको परिवारलाई समाजसेवी सेन्चुरीद्वारा आर्थिक सहयोग

  • बैशाख ११, २०७८
  • १५३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ११ , बैशाख । सिरहाको लहान नगरपालिका वडा नम्बर - २३ गढिया चौकमा २०७७ चैत्र २८ गते राती लुटेराको एक समूहद्वारा गोलि हानी हत्या गरिएको सुनचाँदी व्यबसायी प्रदिप मिझार (विश्वकर्मा) को परिवारलाई आर्थिक सहयोग गरिएको छ । विकासका लागि सहयोगी हातहरु धनगढीमाई - ११ (सिरहा) संस्थाका अध्यक्ष महेश सेन्चुरीद्वारा नगद रुपैया ११ हजार १ सय आर्थिक सहयोग भएको छ । सेन्चुरीले आफ्नो ब्यक्तिगत रुपैया संस्था मार्फत सहयोग गरेको हो । गढिया चौकमा सुनचाँदीका पसल सञ्चालन गदै आएका लहान - २२ बस्ने मिझारको मृत्युले परिवारमा कमाउने मान्छे नै नभएपछी परिवार चलाउन गाह्रो भएको कारण सहयोग स्वरुप उक्त रकम मृत्यककी श्रीमती अनिता विश्वकर्मालाई हस्तान्तरण गरेको अध्यक्ष सेन्चुरीले बताए ।

प्रतिक्रिया दिनुहोस

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहा जिल्लाको सखुवानन्कारकट्टिले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१