ताजा समाचार

ठाडी प्रहरीद्वारा भारतीय अबैध माछा नष्ट

  • असोज ८, २०८१
  • २१६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ८ असोज । लामो समय देखि तस्करीको जालो तोड्न सिरहाको सिमासंग जोडिएका दसगज्जामा हाम्रा सुरक्षाकर्मी अहोरात्र खटिएका ठाडी स्थित प्रहरीले अवैध रुपमा भारत बाट ल्याइएको ३००० पिस तौल माछा नष्ट गरेको छ।

जिल्लाको पूर्वी भेग भगवानपुर गाउँपालिका ४ स्थित विशेष सूचनाको आधारमा प्रहरी चौकी ठाडीले प्र.स.नि. प्रमोद कुमार यादवमा खटिएका टोलीले उक्त माछा नष्ट गरेको हो । भारतबाट अवैध रुपमा भित्र्याइएको उक्त ३००० पिस माछाको भुररा स्थानीय भद्रभलादमी, जनप्रतिनिधि वाडाअध्यक्ष रामकुमार यादव, भन्सार प्रतिनिधि ना.सु. शिव कुमार गुप्ता, प्र.स.नि. प्रमोद कुमार यादव, क्वारेन्टाइन प्रतिनिधि अशोक प्रसाद यादव तथा सिरहाटाइम्सका पत्रकार ओम प्रकाश यादव , रहमुल राइनको रोहबरमा प्रहरी चौकीको हाताभित्रै खाल्डो खनेर नष्ट गरेको ठाडी प्रहरी प्र.ना.नि.सुनिल कुमार चौधरीले बताएका छन्।

तस्करहरूले सस्तो मूल्यमा पर्ने भनेर बिभिन्न जातको भारतीय माछा जिल्लामा अवैध रुपमा भित्र्याएर बिक्री गर्ने गर्दछन्। नेपाली उत्पादनको तुलनामा सस्तो पर्ने भएकाले यहाँका दर्जन बढी तस्कर भारत देशमा उत्पादित पंकाज लगायत जातको माछा अवैध रुपमा भित्र्याउने गरेका थिए। भारतबाट नेपालसम्म ल्याउँदा हप्तासम्म समय लाग्ने भएकाले तस्करहरूले उक्त माछा ल्याउन बिभिन्न प्रकारको खतरनाक केमिकलको प्रयोग गर्दछन्। तस्करहरूले सीमा क्षेत्रका नेपाल प्रहरीका युनिट सँगै सशस्त्र प्रहरीलाई समेत प्रलोभनमा पारेर मानव स्वास्थ्यका लागि अतिनै हानिकारक भारतीय माछा नेपालका जिल्ला सिरहा लगायत मधेश प्रदेशको प्रायः सबै जिल्लाहरूमा अवैध रुपमा ल्याएर बिक्री गर्दै आएका छन्।

ठाडी प्रहरी प्रमुख सय सुरेन्द्र चौधरीको पहलको स्थानीयले सराहना गरेका छन। हाल नेपाल प्रहरी ठाडी नाका क्षेत्रमा निगरानी बढि बढाएको छ भने राज्यश्व वृद्धि गराउन सकभर अधिकतम प्रयास भैरहेको प्र.स.नि.प्रमोद कुमार यादवले जनाएका छन।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤