सप्तरीमा हरवा चरवा तथा दलित परिवारलाई लाई बाख्रा वितरण

  • असार ८, २०८१
  • ९६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम
लहान - सप्तरीमा हरवा चरवा तथा दलित परिवारलाई लाई बाख्रा वितरण गरेको छ। जिल्लाको सुरुङ्गा नगरपालिका -४ कनकपुरमा शनिबार भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीको आर्थिक सहयोग तथा जन चेतना दलित संगमको आयोजनामा हरवा चरवा एव दलित समुदायको जिविकोपार्जन गर्न १०० प्रतिशत अनुदानमा पशुपक्षी , बाख्रा पालन व्यवसाय कार्यक्रम अन्तर्गत २५ घरधुरीका विप्पन परिवारलाई बाख्रा बितरण गरेका छन।

स्थानीय सुनिता सदा, मानो देबी सदा, माधुरी विश्वकर्मा, लिला देबी राम , चन्दर देबी पासमान , संतोषी देबी राम लगायत अन्य २५ घरपरिवारलाई २ वटाका दरले जमुना पारी जातको बाख्रा वितरण गरेको हो।

हरवा चरवा , दलित एवं सिमान्तकृत सामुदायले बाख्रा पालनको व्यवसाय संचालन गरी आयआर्जनमा वृद्धि रोजगारीको वातावरण सिर्जना गर्ने लगायत गरीवी निवारणमा केहीहद सम्म सहयोग पुग्ने उद्देशले बाख्रा वितरण गरेको जन चेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र रामले बताउनु भयो।

बाख्रा वितरण पश्चात सामुहिक रुपमा बाख्राको बिमा साथै क्षमता अभिबृद्धि गर्नका लागी १ दिने बाख्रापालन सम्बन्धी तालिम संचालन पनि गरीएको थियो । बाख्रापालन लाई व्यावसायीकरण गर्न , गोठको व्यवस्थापन, सरसफाई , घास तथा दानाको व्यवस्थापन , रोगब्याधी बाट औषधी उपचार बारे भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका अधिकृत सुर्य नारायण शर्माले प्रशिक्षण गर्नु भएको थियो ।

बाख्रा खरीद , विमा, औषधी उपचार, गोठकोको मर्मत सम्भार , दाना धास खरीद तथा वितरणका लागी ६ लाख २५ हजारको सम्झौता भई कार्य सम्पन्न भएको थियो ।

जन चेतना दलित संगमका अध्यक्ष रामलखन रामको अध्यक्षतामा सुरुङ्गा नगरपालिका - ४ का कार्यवाहक वडा अध्यक्ष हिरा कुमारी चौधरी प्रमुख अतिथित्वमा विज्ञ केन्द्रका अधिकृत सुर्य नारायण शर्माको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा, विमाका प्रतिनिधी रविन्द्र कुमार यादव, वडा सदस्य मानो देबी सदा , जन चेतना दलित संगमका निर्देशक ईन्द्र राम लगायत ६५ जनाको सहभागीता रहेको थियो । प्रेम विश्वकर्माले कार्यक्रम सन्चालन गरेको थियो।

प्रतिक्रिया दिनुहोस

लक्ष्मीपुर पतारीमा ज ...

रहमुल,लहान १८ माघ । सिरहाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत लक्ष्मीपुर पतारी गाउँपालिकामा जनता समाजव ...

सिरहाको सुखिपुरमा जस ...

ओम प्रकाश यादव लहान, माघ १८ । जनता समाजवादी पार्टी (जसपा) नेपालको क्षेत्रीय कमिटी भेला सिरहा जिल्लाक ...

कपिलवस्तु प्राविधिक ...

कपिलवस्तु, माघ १७ । कपिलवस्तु मा २०५४ सालमा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा प्रशिक्षणरत पहि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१