ओम प्रकाश यादव लहान माघ २२ । सिरहाको लहान नगरपालिकाको जे.एस. मुराराका बहुमुखी क्याम्पसको ‘सप्ताहव्यापी खेलकुद प्रतियोगिता २०८० सफलतापुर्वक सम्पन्न भएको छ । शिक्षाको लागि स्वास्थ्य ,स्वास्थ्यको लागि खेलकुद " भन्ने मूल नाराका साथ शुरू भएको खेल सप्ताह आइतबार सम्मापन गरिएको हो । लहान नगरपालिकाका नगरप्रमुख तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा लहान नगरपालिकाका वर्तमान मेयर महेश प्रसाद चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सम्मापन कार्यक्रममा बिभिन्न खेलकुदका बिजेताहरूलाइ मेडल तथा प्रमाणपत्र लगायतले पुरस्कृत गरिएको थियो । खेल सप्ताहमा महिला तथा पुरुषहरुका लागि फुटबल, भलिबल, म्युजिकल चेयर , दौड, सट पुट थ्रो, लँगजम्प, स्लो साइकलरेस लगाएतका खेलहरु समाबेस भएका थिए । समापन कार्यकममा क्याम्पस प्रमुख संजय चौधरीले शुभकामना मन्तव्य राख्ने क्रममा आम विद्यार्थीलाइ सर्भ-शुलभ तथा गुणस्तरीय शिक्षाका साथै शारिरीक तथा मानसिक बिकासका लागि प्रतिबद्ध रहेको बताए । कार्यक्रममा स्वबियु सभापति रामकृष्ण यादवको साथै विभिन्न संघ-संस्थाका प्रतिनिधि,शिक्षक, अभिभावक ,विद्यार्थी लगायत संचारकर्मीको उपस्तिथी रहेको थियो।
प्रतिक्रिया दिनुहोस
सप्तरीको सुरुङ्गामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तकको सामुदायिक विमोचन, महिला आन्दोलनका इतिहास अभिलेखीकरणमा जोड
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved