ओम प्रकाश यादव लहान २१ कात्तिक । सिरहाको लहानबाट पेस्तोल , गोलि सहित मानिस पक्राउ परेका छन् हिजो साँझ करिब ६ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल इन्टिलिजेन्स ब्युरोको विशेष सुचनाको आधारमा सिरहाको लहान नगर पालिका १ सिन्ग्राहीबाट सशस्त्र प्रहरी बल लहानले चेक जाँच गर्ने क्रममा स.९ प. ४९७१ यामाहा मोटरसाईकलमा सवार संकास्पद ३ जना व्यक्तिहरुको साथबाट आधुनिक हत्तियार ९ mm ब्राउनिंग पेस्तोल कोको म्यागजिन राउण्ड २ थान नगद रुपैया एक लाख चौरासी हजार दुइ सय त्रिपन्न साथै चार थान मोबाइल सेट का साथै विभिन्न कम्पनिको चार लाख चौसठी हजार पाँच सय मुल्य बराबरको मोबाइल रिचार्ज कार्ड बरामद गरेको सशस्त्र प्रहरी बलले बताए ।

पक्राउ पर्ने व्यक्तिहरु सप्तरीका हुन् सप्तरी सुरुङ्गा नगर पालिका वडा न० ८ बस्ने वर्ष ३२ अनिल राम सप्तरी सुरुङ्गा नगर पालिका वडा न० ५ बस्ने वर्ष ३० का जिवानंद चौधरी र सप्तरी जिल्लाकै खडग नगर पालिका ४ बस्ने वर्ष ३५ को संजय कुमार चौधरी रहेका हुन् र उनिहरु अपराधिक गतिविधिमा रहेको र भविष्यमा अप्रिय धटनाहरु घटाउन सक्ने हुनाले तिनीहरुलाइ नियन्त्रणमा लिई थप अनुशन्धानक लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सप्तरीको सुरुङ्गामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तकको सामुदायिक विमोचन, महिला आन्दोलनका इतिहास अभिलेखीकरणमा जोड
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved