Siraha Times
ताजा समाचार

प्रथम रामग्राम सांस्कृतिक मेला २०८० सुरु

  • जेठ १०, २०८०
  • ९६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ जेठ १० । पश्चिम नवलपरासीकाे सदरमुकाम परासीमा प्रथम रामग्राम सांस्कृतिक मेला १०८० आजबाट सुरु भएकाे छ । रामग्राम -२ वडा कार्यालयकाे आयाेजना तथा जय माता दि एम्युजमेन्ट एण्ड इन्भेष्ट म्यानेजमेन्ट प्रालि व्यवस्थापन एवम् रामग्राम नगरपमलिकाकाे संरक्षक्तवमा पहिलाे पटक सांस्कृतिक मेला आयाेजना गरिएको छ ।

रामग्राम न.पा.वडा नं २ वडा अध्यक्ष निरज राैनियारकाे संयाेजक्तव एवम् नगरपालिकाका नगरप्रमुख धनपत यादवकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशका आन्तरिक मामिला एवम् कानुन मन्त्री सन्तोष कुमार पाण्डेकाे प्रमुख आतिथ्यता एवम् यसै जिल्लाका प्रदेशसाभ सदस्य खड्क बस्नेतकाे विशिष्ट आतिथ्यतामा उद्घाटन कार्यक्रम भएकाे छ । 

कार्यक्रममा बाेल्दै मन्त्री पाण्डेले यस्ताे सांस्कृतिक मेलाकाे आयाेजनाले हाम्राे देशकाे धर्म,संस्कृति साथै पर्यटन प्रवदनमा समेत टेवा पुग्नेछ भने आगामी आ.व २०८०/०८१ बजेटमा बुद्ध संग सम्बन्धित लुम्बिनी,तिलाैराकाेट,रामग्रामलाई बुद्ध स्रकिट निर्माण गर्न बहु वर्षीय याेजना बनाई रु २० कराेड लागत लाग्ने हरेक वर्ष ५ कराेडकाे बजेट छुट्याई प्रदेश सरकार अगाडि बढी रहेकाे उहाँले बताउनुभयाे । शिक्षा,स्वास्थ्यलाई कसरी प्रदेशमा सुधार गर्दै अगाडी बढ्ने आफु लागि परेकाे र नवलपरासीको जिल्ला आफ्नै जिल्ला झै सम्झी रहने उहाँले बताउनुभयाे । 

कार्यक्रममा नगरपालिकाका वडा नं १ देखि १८ सम्मका वडा अध्यक्ष ज्युहरु कार्यपालिका सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे साथै कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बस्नेत,राजनितीक दलहरुकाे तर्फबाट नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिक्रम यादव,पत्रकाहरुकाे तर्फबाट बेचु गाैडं लगायतले बाेल्नुभएकाे थियाे भने स्वागत मन्तव्य नगरपालिकाकी उपप्रमुख सम्झना चाैधरीले राख्नुभएको थियाे । कार्यक्रमको सहजीकरण नगपालिकाका लेखा प्रमुख संजय कुमार शर्माले गर्नुभएकाे थियाे । 

मेलामा प्रथम रामग्राम डान्स आइडल प्रतियोगिता सुरु भएकाे प्रतियोगितामा प्रथम हुनलाई २५०००/- ,द्वितीय हुनेलाई १५०००/- र तिर्तीय हुनेलाई १००००/- पुरस्कार राखिएको साथै ५० वटा स्टल राखिएको र ५० हजार जनाले मेला अवलाे २ नं का वडा अध्यक्ष राैनियारले जानकारी दिनुभयाे । मेलामा ४० लाखकाे काराेवार हुने अनुमान गरिएको मेला व्यवस्थापक राजविर जयसवाले बताउनुभयो । मेलामा स्थानीय कलाकार,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुकाे प्रस्तुति समेत रहने आयाेजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा पत्रकार विरेन ...

रहमुल, लहान, २ असोज । पत्रकार तथा सञ्चारकर्मी विरेन्द्र नेपालको पहलमा लहानमा सुविधा सम्पन्न अफसेट सञ ...

नुवाकोटका बाढीपीडितक ...

रहमुल, लहान, २ असोज । बाढीका कारण प्रभावित नुवाकोटका परिवारलाई लक्षित गर्दै Helping Heart Nepal ...

धनगढीमाई नगरपालिकाको ...

सिराहा, असोज १ । धनगढीमाई नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस तथा सीप, श्रम, शिल्पकार र निर्माणका आव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१