Siraha Times
ताजा समाचार

सोनार युवा समुहद्वारा विराटनगरको अतिविपन्न गरिब परिवारलाई वितरण

  • असार ७, २०७८
  • ११०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिराहालहान . असार ७ सोमबार। सोनार युवा समुहको पहलमा विराटनगरको नगरका विभिन्न भागमा अति विपन्न गरिब परिवारलाई राहत वितरण गरिएको खवर प्राप्त भएको छ। नेपाल सोनार युवा समुहका युवाहरूले अहिलेको बिष् म परिस्थितिमा गरिब , दलित , गुरुबालाई लक्षित गरि राहत स्वरुप १० केजी चामल , २ केजी आलु , १ केजी नुन , १ प्याज , ५०० ग्राम खानेतेल लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको दिपेन्द्र स्वार्णाकारले बताएका छन। स्थानीयको साथ र सहयोग पाए सँगै कलादेवी साह , महान्नद साह वितरण कार्यका सहकार्य गरेका थिए। कटहरी गाउँपालिका वडा नं ४ का ५० घरधुरीलाई हिजो आइतबार वितरण गरेको हो। यो सँगै विराटनगरको रानी मिल्स एरिया वडा नं १२ मा २५ , वडा नं १५ मा २५ जना गरिब र विपन्न परिवारलाई राहत वितरण गरिएको छ।

Open Photo

यतिमात्र होइन्न १०० (सय) जना बालबालिकालाई राहत स्वरुप लत्ताकपडा दिइएको छ। वितरण कार्यक्रममा दिपेन्द्र स्वर्णाकार , ललन ठाकुर , ललिता सोनी , विनेश स्वर्णाकार , संजय सोनी स्वर्णाकार , शशी भूषण स्वर्णाकार , सुबोध साह , सुनिल सोनी , राजीव स्वर्णाकार लगायतका गरिमामय उपस्थिति थिए। आउँने दिनमा विहानको खाजा र दिउँसोको खाना व्यवस्था पनि गरिनेछ । साथै त्यसैगरी मोरङ क्षेत्र नं ६ विराटनगर महानगरपालिका -७ हरियाली टोल सिंघिया खोला छेउमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई वडा अध्यक्ष मधुबाबु तिवारी र देबकीन्नद अग्रवाल , श्रवण अग्रवाल राजु अग्रवाल , पद्म श्रेष्ठ र जस्वन्त सिंह , दिपेन्द्र स्वर्णाकार लगायत समाजसेवी , शिक्षक , बुद्धिजीवी , अगुवाहरुको सहयोगमा ७५ घरधुरीलाई राहत वितरण गरिएका छन। आउने दिनहरुमा पनि प्रोपकारी सहयोगको भावनालाई उजागर गर्दै जाने राहत सहयोगी दिपेन्द्र स्वर्णाकाले बताए । " सेवा नै धर्म हो "

Open Photo

प्रतिक्रिया दिनुहोस

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१