ताजा समाचार

हजार रुपैयाँ सापटी लिए कै कारण लहानका एक दलित युवाको हत्या

सिरहामा पैसा कै कारण दलित युवाको हत्या

  • साउन ५, २०७७
  • १४१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह ,सिरहा, ५ श्रावण । सिरहाको लहान नगरपालिका–१ मर्टियर्वाका १९ वर्षीय रोशनकुमार रामको हत्या गरिएको छ । राम केहि दिन अगाडि लागुपदार्थ मुद्दामा पक्राउ परेका राम ले धरौटीको लागि १० हजार रुपैयाँ तिर्न न सक्दा उनलाई पुर्पक्षका लागि जेल चलान गरिएका थिए । उनले कैदी साथी संग १००० सापटी लिएका थिए । सापटी रकम नै उनको मृत्युको कारण बन्न पुग्यो । जेलमा रहेका अर्का कैदि युवक जयकुमार यादवले रामलाई हजार रुपैया दिएको थियो । भोलिपल्टै जयकुमारले रोशनलाई घुम्न जाऔँ भन्दै लगे तर दुर्भाग्यवश चार दिनपछि बताहा खोलामा उनको लास भेटियो । उनको शव ३० असारमा मिर्चैया–९ बतहा खोला पुलनजिक गमहरिया महेशपुर जाने बाटोको डिलमुनि काँसघारीको पानी जमेको खाल्डोमा भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाले कुहिएको अवस्थामा शवलाई पोस्ट्मार्टम गर्न लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा ल्याएको थियो । बेवारिसे शवको १ साउनमा पोस्टमार्टम गरिएको जानकारी प्रहरी श्रोतले जनाएको छ । कपडाको कारणले शवलाई चिनेका रोशनका बुबा सिफैत स्तब्ध भए । केही दिन पछि जयकुमार यादव पनि जेलबाट रिहा भएपछि २६ असारमा एक हजार सापटी फिर्ता लिन स्थानीय एक युवा साथी २२ वर्षीय मुकुन्दकुमार कटुवाललाई लिएर रोशन रामको घरमा गएका थिए । जयले पैसा देउ र नदिए जे पनि हुन सक्ने भन्दै रोशनलाई धम्काएको उनकी आमा सुनैरदेवीले बताइन् । रोशन राम भर्खरै बिहे गरेका युवक थिए र पारिवारिक श्रोत अनुसार उनी वैदेशिक रोजगारका लागि प्रतीक्षारत थिए । छोराको हत्याको आरोपमा सिफैतले प्रहरीमा किटानी जाहेरी दिएका छन् । उनको जाहेरीका आधारमा आइतबार जय र मुकुन्दलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी जैसवालले बताए । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल जैसवालका अनुसार १० असारमा धरौटी बुझाएपछि रोशन राम छुटेका थिए । कर्जा लिई १० हजार धरौटी बुझाए पछि उनी रिहा भएको उनका बुबा सिफैत रामले बताए ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤