सविधान दिवसमा कहि दीप प्रज्वलन त कहि गरे कालो प्रदर्शनमा प्रहरी हस्तक्षेप

  • असोज ४, २०८१
  • ८२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ४ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज मनाइएको छ। यसलाई कति ठाउंमा कालो दिनको रुपमा प्रदर्शन गरेको छ। लहानमा सिटी जेसीजले दीप प्रज्वलन गरी संविधान दिवस मनाइएको छ ।उता, आफुहरुको अधिकार संबिधानमा सुश्चित भएको भन्दै थारु कल्याणकारी सभाले आजै लहानमा असोज ३ कालो दिनको रुपमा प्रदर्शन गरेको छ। थारु कल्याणकारी सभाका अजय चौधरीलगायत सयौ जनाले सहिद चौकमा कोणसभा गरि कालो दिनको रुपमा विरोध जनाएको छ । कोणसभा गरिरहेका थारु कल्याणकारी सभाले झुण्डीएको व्यानर प्रहरीले खोसेर लगेपछि नाराबाजी गरेका छन् ।

Open photo

संविधान दिवसका उपलक्ष्यमा सङ्घ, प्रदेशर स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ-संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम गरेका छन् ।नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो। पैतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिवद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता लगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ।

सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ। 'जनताद्वारा जनताका लागि शासन गर्ने' सम्पूर्ण संबैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ। सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

लक्ष्मीपुर पतारी–६ क ...

लहान, ३० असोज । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर पासवान टोलकी करीब १३ वर्षीया रुमा पासवान यतिबे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१