लहान, ४ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज मनाइएको छ। यसलाई कति ठाउंमा कालो दिनको रुपमा प्रदर्शन गरेको छ। लहानमा सिटी जेसीजले दीप प्रज्वलन गरी संविधान दिवस मनाइएको छ ।उता, आफुहरुको अधिकार संबिधानमा सुश्चित भएको भन्दै थारु कल्याणकारी सभाले आजै लहानमा असोज ३ कालो दिनको रुपमा प्रदर्शन गरेको छ। थारु कल्याणकारी सभाका अजय चौधरीलगायत सयौ जनाले सहिद चौकमा कोणसभा गरि कालो दिनको रुपमा विरोध जनाएको छ । कोणसभा गरिरहेका थारु कल्याणकारी सभाले झुण्डीएको व्यानर प्रहरीले खोसेर लगेपछि नाराबाजी गरेका छन् ।

संविधान दिवसका उपलक्ष्यमा सङ्घ, प्रदेशर स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ-संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम गरेका छन् ।नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो। पैतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिवद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता लगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ।
सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ। 'जनताद्वारा जनताका लागि शासन गर्ने' सम्पूर्ण संबैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ। सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved