Siraha Times
ताजा समाचार

आगलागीको त्रासमा बाच्दै रामहरिका परिवार, घरको समान जलेर भयो खरानी

  • भदौ २२, २०८१
  • १८६५ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

नरेशचन्द्र बरबरिया सिरहा भदौ २२ गते । सिरहा जिल्लाको सिरहामा आफै आगो सल्केर घरको सम्पूर्ण सरसमान जलेर खरानी भएको छ र घटना कुनै नौलो घटना होइन विगत  तीन बर्ष देखि सिरहा सदरमुकाममा रहेको यो घरमा पटक पटक आफै आगलागी हुँदै आएको छ र यो  घटना सायद कोइसंग लुकेको छैन । सिरहा नगरपालिका- ७ मा आफ्नै घर बनाई बस्दै आएका रामहरि मण्डलको घरमा विगत ३ वर्ष देखि विभन्न सर सामानहरू जलेर खरानी हुँदै आएको छ ।

मण्डल जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत मण्डल लगायत उनको परिवार अहिले त्रासमा बाचिरहेका छन । ८ महिना पछि पुनः आफै आगो लाग्ने ,पंखा तल खस्ने ,कुलर आफै चल्ने ,दराज भित्र आफै आगलागी हुने जस्ता कार्य हुँदै आएको छ । अहिले मण्डलका परिवार त्रासले गाउँको घरमा बस्दै आएको छ । घरमा भएको खाद्यान्न , लताकपडा सहितको सामग्रीमा एक्कासि आगो जलेर नष्ट हुने गर्छन यी  एक किसिमको अद्भुतको घटना नै हो ।मण्डलका घरमा ८ जनाको परिवार छन् ती सबै यस्ता घटनालाइ लिएर  विच्चलिमा रहेको देखिन्छ अब त घर खर्च पनि धान्न कठिन भएको हुनाले  सहयोगको लागि मण्डल परिवारले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

श्री सरस्वती सामुदाय ...

उमेश कुमार साह सप्तरी असोज ३ । श्री सरस्वती सामुदायिक सिकाई केन्द्रको दोस्रो साधारणसभा तथा सामाजिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१