आगलागीको त्रासमा बाच्दै रामहरिका परिवार, घरको समान जलेर भयो खरानी

  • भदौ २२, २०८१
  • १५४९ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

नरेशचन्द्र बरबरिया सिरहा भदौ २२ गते । सिरहा जिल्लाको सिरहामा आफै आगो सल्केर घरको सम्पूर्ण सरसमान जलेर खरानी भएको छ र घटना कुनै नौलो घटना होइन विगत  तीन बर्ष देखि सिरहा सदरमुकाममा रहेको यो घरमा पटक पटक आफै आगलागी हुँदै आएको छ र यो  घटना सायद कोइसंग लुकेको छैन । सिरहा नगरपालिका- ७ मा आफ्नै घर बनाई बस्दै आएका रामहरि मण्डलको घरमा विगत ३ वर्ष देखि विभन्न सर सामानहरू जलेर खरानी हुँदै आएको छ ।

मण्डल जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत मण्डल लगायत उनको परिवार अहिले त्रासमा बाचिरहेका छन । ८ महिना पछि पुनः आफै आगो लाग्ने ,पंखा तल खस्ने ,कुलर आफै चल्ने ,दराज भित्र आफै आगलागी हुने जस्ता कार्य हुँदै आएको छ । अहिले मण्डलका परिवार त्रासले गाउँको घरमा बस्दै आएको छ । घरमा भएको खाद्यान्न , लताकपडा सहितको सामग्रीमा एक्कासि आगो जलेर नष्ट हुने गर्छन यी  एक किसिमको अद्भुतको घटना नै हो ।मण्डलका घरमा ८ जनाको परिवार छन् ती सबै यस्ता घटनालाइ लिएर  विच्चलिमा रहेको देखिन्छ अब त घर खर्च पनि धान्न कठिन भएको हुनाले  सहयोगको लागि मण्डल परिवारले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१