रहमुल लहान २० भदौ रौतहटको मौलापुर नगरपालिकाको अति नै सराहनीय कार्य नगरप्रमुख रीना कुमारी साहले “हाम्रो मौलापुर” पुस्तक लिएर आफै बिधालय विद्यालयमा पुगेर वितरण कार्यलाई तीव्रता दिइरहेकी मेयर निजि सचिवालयले जनाएका छन। मौलापुर नगरपालिकामा १ कक्षा देखी ८ कक्षासम्म ‘हमर मौलापुर’ नामक स्थानीय पाठ्यक्रम लागु गरेर आफनो संवैधानिक हकको उपयोग मात्र गरेको छैन, बिधार्थीहरुको चेतनास्तर वृद्धिमा ठुलो योगदान गरेको छ । यसको लागि मेयर रीना साहलाई बिशेष धन्यवाद स्थानीयहरुले दिइरहेको बुझिएको छ। हरेक क्षेत्रमा बिकासको फर्को मार्दै रीना साह नेतृत्वको स्थानीय सरकार सदियौ देखि बिकट मानिएको मौलापुरलाई स्वर्ग बनाइ सकेको छ। नागरिकको मुख्य माग शिक्षा,स्वास्थ,खाद्यान्न र अवासिय हुन र यी चार वटै बिषयलाई समेट्दै मेयर साह अगाडी बढिरहेको देखिन्छ। मौलापुरको यस्तो सराहनीय कार्यलाई अरुले पनि अनुशरण गर्न जरुरी देखिन्छ।
प्रतिक्रिया दिनुहोस
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved