ताजा समाचार

लागु औषध सहित मानिस पक्राउ

  • असार २३, २०८१
  • ९७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २३ असार । गएको १६ असार अन्दाजी १९:००बजेको समयमा इलाका प्रहरी कार्यालय लहान मातहतका इलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट खटी गएको प्रहरी टोलीले जिल्ला सिरहा सखुवानन्कारकट्टी गा.पा.५ स्थित लहान ठाडी सडक खण्डमा चेकजाँच गर्ने क्रममा जेब्रा झोला बोकी आएका जिल्ला सिरहा भगवानपुर २ बस्ने राजदेव मुखियाको छोरा बर्ष २९ को सुरेश मुखियाले बोकी आएको जेब्रा झोला चेकजाँच गर्दा सो जेब्रा झोला भित्र रहेको ४ वटा कालो पोलिथिनमा पोका भित्रबाट निम्न परिणामको लागु औषध फेला परेकोमा बरामद गरी निजलाई पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छन। बरामद भएका लागुऔषध निम्न बमौजिमका रहेका छन नाईट्राभेट ट्याबलेट २० पत्तामा ६०० वटा डाईजीपाम लेखिएको ईन्जेक्शन ८१ एम्पुल फेनारगन लेखिए‌को ईन्जेक्शन ८४ एम्पुल केही नलेखिएको इन्जेक्शन ७८ एम्पुल नुफिन लेखिएको स्टीकर ३ पत्तामा ६३ थान स्टिकर रहेको छ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤