ताजा समाचार

जिल्ला प्रमुख्हरु र मन्त्री सहितको अनुगमन सलहेश नगरी लहानमा

  • असार ९, २०८१
  • ११५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ८ असार । मधेस प्रदेशको पर्यटन मन्त्री, जिसस प्रमुख दिनेश कुमार महतो,पर्यटन बोर्डको टोली, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षानिकायका जिल्ला प्रमुखहरु द्वारा जिल्ला भित्र रहेको धार्मिक पर्यटक स्थल सलहेश फुलवारी, हात्तीदह, देविदह लगायत विभिन्न पर्यटक क्षेत्रहरुलाई प्रबर्द्धनका लागि निरीक्षण तथा अनुगमन भएका छन। 

खास गरी लहान नगरपालिका भित्र यी महत्वपुर्ण पर्यटक स्थलका बाहेक मानिक दह र पकडीयागढ पनि महत्वपूर्ण स्थल रहेको पाइन्छ। यी सबै स्थलहरु राजा सलहेश, मोतीराम , देउना मालिन, चन्द्रावति,चुहरमल जस्ता महत्वपूर्ण पात्रहरू संग जोडीएका बिषय हुन र यसैलाई अधार मानेर मैसोथा देखि यी सबै स्थानहरु सम्म पुग्न सलहेश मार्गको अवधार्णा ल्याएको छ त्यो पनि सुखीपुर सम्म मात्र बाटो सफा देखिएको छ। बाँकीको सडक अहिले सम्म तैयार हुन सकेको छैन।

आजको अनुगमन ठिक समयमा भएको छ साकारात्मक र स्वागतयोग्य पनि रहेको देखिन्छ। हुन त जिल्ला भरीमा अरु धेरै पर्यटक क्षेत्रहरु छ्न तर यस क्षेत्रहरु संगै बालासुन्द्री मन्दिर भगवानपुर र पतारी पोखरी , सलहेश मन्दिर सिरहा मैहसोथा सबैलाई जोडेर एउटा पर्यटक नगरी सिरहालाई बनाइयो भने लाखौ पर्यटक भित्र्याउन सहज रहेको देखिन्छ।

ब्यापक रोजगारी सृजना हुने ठाउँ प्रति आजको अनुगमन टोलीको गम्भिर ध्यानाकर्षण होस। तिनै तहका सरकारहरुको ध्यानाकर्षण होस। सिरहाको सम्पुर्ण पालिकाको चासोको बिषय बनोस भनि चाहना सम्पुर्ण सिरहा बासीको रहेको छ। सिरहाको एउटा पहचान सलहेश गथाको चर्चा देशै भरी होस अन्तर्राष्ट्रिय स्तर सम्म पुगोस भनि चाहना समेत जिल्ला बासीको रहेको छ। जनबोलीको कदर होस, जनचाहना पुरा होस सलहेश मार्गको काम छिटो पुरा होस सरकार।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤