ताजा समाचार

बालश्रम निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • जेठ ३२, २०८१
  • ९८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जीवन राम सप्तरी जेष्ठ ३२  सप्तरीको सुरुंगा नगरपालिका वडा नम्बर ६ मा बालमैत्री स्थानीय शासन वडा समितिका पदाधिकारी सवारी धनि इट्टाभट्टा सञ्चालक होटल व्यवसायी लगायत सरोकारवालाहरुको लागि बालश्रम निवारण सम्बन्धि अभिमुखी कार्यक्रम सप्तरी जिल्लाको सुरुंगा नगरपालिकाका वडा नम्बर ६ को सहकार्यमा सवल नेपालद्वारा जेष्ठ ३० गते  सम्पन्न भएको छ  वडा नं. ६ का वडा अध्यक्ष दिनेश कुमार रामको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती नगर प्रमुख गिला चौधरीज्यूको प्रमुख अथितित्व तथा नगर उप प्रमुख रुद्र बहादुर कार्की ज्युको विशिष्ट अतिथि रुपमा कार्यक्रममा स्वागत मन्तव्य वडासचिव मिरा चौधरीले दिनुभएको थियो भने बालश्रम निवारण सम्बन्धी प्रशिक्षण सवल नेपाल सप्तरीका राधेश्याम रामले दिनुभएको थियो। त्यस्तै सुरुङ्गा नगरपालिकाले आब २०८१ मसान्त भित्र बालमैत्री नगर घोषणा गर्ने उद्देश्यले नेपाल सरकारले बनाएको ५१ सुचक र नगरले थप गरेको २ वटा गरी जम्मा ५३ सुचकको बारेमा जेष्ठ नागरिक तथा महिला बालबालिका शाखा प्रतिनिधि बिश्वेनदर पासवान र मोना सोमाल साम्पांग ले सुचक सम्बन्धी जानकारी तथा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा सबभन्दा बढी बालश्रम हुने निर्माण क्षेत्र, इँटाभट्टा, होटल, सबारीहरुमा बालश्रम देखिको छ। दुई दिने अभिमुखीकरण कार्यक्रम जेठ ३१ गते सम्पन्न भएको छ। कार्यक्रममा होटल व्यवसायी, इँटाभट्टा संचालन, सवारी घनी, बाल कल्वका बालबालिका, शिक्षक शिक्षिक, महिला स्वयंमसेविका लगायतका सरोकारवालाहरु गरी ५०/६० जनाको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤