जेष्ठ १६ । नेपालबाट आएका भक्तहरूले वाल्मीकिनगर र त्रिवेणीका होटलहरूमा ‘नो रुमको बोर्ड’ खोजिरहेका छन् बर्दघाट, परासी, बुटवल र सोनौलीका होटलमा बस्ने व्यवस्था ।
जागरण त्रिवेणी महर्षि वाल्मीकिको तपोभूमि तथा लवकुशको जन्मस्थलमा यही असार १ गतेदेखि सुरु हुने मुरारीबापुको ९५६औँ रामकथा सुन्न नेपालका सीमावर्ती सहरबाट पनि हजारौँ नेपाली भक्तजन जाने भएका छन् । वर्षौंदेखि वाल्मीकि आश्रमको विकासका लागि निःस्वार्थ भएर काम गरिरहेको संस्था विश्व सनातन धर्म स्थापनार्थ समिति र सीता माता मन्दिर समितिका सदस्य विश्व मर्दन शाहले मुरारीबापूको मुखबाट रामको कथा सुनाइएने बताए । रामायणका रचयिता महर्षि वाल्मीकिको पवित्र स्थानमा कथा सुन्ने अवसर पाउनु ठूलो सौभाग्यको कुरा हो।
असार १ गतेदेखि शुरु भई असार ९ गतेसम्म चल्ने रामकथा सुन्न नेपालका काठमाडौं, पोखरा, चितवन, रुपन्देही, नवलपरासीलगायत जिल्लाबाट हजारौं रामभक्तहरु जाने गरेका छन् । वाल्मीकिनगर र त्रिवेणीका होटल तथा लजमा ‘नो रुम बोर्ड’ राखिएका कारण भक्तजनले बर्दघाट, परासी, बुटवल, सोनौलीलगायतका होटल तथा लजमा बुकिङ गर्न थालेका छन् । कथा सुन्न आउने नेपाली भक्तजनलाई सहयोग र सुविधा दिन मंगलबार रानीनगरमा बैठक बसेको थियो । जसमा विश्व सनातन धर्म स्थापना समिति तथा सीता माता मन्दिर समितिका सदस्य गोपाल ढकाल, राजन पन्थ, ज्ञानु रिजाल, गोविन्द शर्मा, सुभाष गुप्ता, मोहनसिंह बोहरा आदिको सहभागिता रहेको थियो ।
बैठकले मुरारीबापुको कथामा सबै सदस्यले स्वयंसेवकको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । र कथा सुन्न आउने नेपाली भक्तजनलाई कुनै अप्ठ्यारो नहोस् भन्ने ख्याल गर्नेछौं । रानीनगर निवासी तथा बोर्डिङ स्कुलका निर्देशक सन्तोष रौनियारले बाहिरबाट आउने नेपाली भक्तजनलाई सुविधा दिन पनि बोर्डिङ स्कुलले तयारी गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
दलित तथा विपन्न परिवारको प्रसूतिमा समेत सरकारी अस्पतालबाट राहत मिलेन, रु. ४५ हजार तिरेर निजी अस्पताल जानुपर्ने बाध्यता
लहानका मुसहर बस्तीमा चर्पी निर्माणको उत्साह, नगरपालिकाको सहयोगले पलायो स्वच्छ र सम्मानजनक जीवनको आशा
लहान क्षेत्रका विद्यालयमा दलित विद्यार्थीलाई छात्रवृत्ति, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघद्वारा अनुगमन सम्पन्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved