ताजा समाचार

भु.पु. न्यायाधीश कमलनरायण दासको गैरजिम्मेवारी अभिव्यक्ति प्रति देशै भरीका मुस्लिम समुदाय असन्तुष्ट

  • वैशाख ५, २०८१
  • १०९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी अभिव्यक्ति प्रति देशै भरीका मुस्लिम समुदाय असन्तुष्ट भएका छन। दास आफ्नो समाजिक संजाल फेसबुक मार्फत हजरत मोहम्मद (स) लाई लक्षित गरी नानाथरी अनावश्यक कुराहरु सार्बजनिक गरेका थिए। इस्लाम धर्म अनुसार एक लाख चौबीस हजार पैगम्बर मध्ये १ नम्बर स्थान नवीए पाक मोहम्मद सल्लाह हे वलै वसल्लमको रहेको कुरानमा लेखिएको छ र नवीले देखाएको मार्गमा हिडेर खुदा सम्म पुग्ने बताइएको छ। 

मुस्लिमहरु नवीलाई आफ्नो मुटुमा राखेर जिवनयापन बिताइरहेका छन र त्यही नवीको बारेमा दासले नानाथरी कुराहरु सामाजिक संजाल मार्फत सार्बजनिक गरेको देखेर मुस्लिम समुदायहरु पुर्ण रुपमा असन्तुष्ट देखिएको छ। हुनत अहिले दास सरकारी जागिर बाट बाहिर छन तर सरकारी पेन्सन खाइरहेका छन तर सरकारको पैसा तलव वापत खाइरहेका दास सरकार बिरोधि गतिबिधि पनि गरिरहेका छन। दास समाजिक सदभाव खलबलाउने गतिविधि गरिरहेका छन किन? आखिर के कारणले दास शान्ती भंग गर्ने कार्यमा लागेका छन यसको खोजीनिति गर्न अतिआव्श्यक रहेको देखिन्छ।

अहिले देशै भरीका मुस्लिमहरु रुष्ट भएर दासलाई कार्यवाहीको माग गर्दै सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालय लाई ज्ञापनपत्र पठाउदै छन। यसै क्रममा आज सिरहाका सबै गाउँका लगभग २०० जनाको सहभागी सहित जमियत उलमाए नेपाल सिरहा अध्यक्ष मो० इशा कासमीको अध्यक्षतामा सम्पुर्ण सहभागी द्वारा सिरहाको प्र. जि.अ. बासुदेव दहाललाई ज्ञापनपत्र बुझाएका छन।

ज्ञापनपत्र बुझ्दै प्र.जि.अ. दहाल सम्पुर्ण मुस्लिम समुदायका अगुवाहरुलाई स्वागत गर्दै भनेका छन हाम्रो देशकै राष्ट्र गानले हामी सबै नेपालीलाई एक ठाम गाभेका छन र यसलाई हामी संरक्षण गर्नै पर्छ बताएका हुन। उहाँ अगाडी थप्दै दास सम्बन्धि धेरै गुनासाहरु आइसकेका छन र सरकार गम्भिर भएर छनबिन गरिरहेका समेत बताएका छन। शान्तिपुर्वक जिल्लै भरिका अगुवाहरु आएर ज्ञापनपत्र हामी मार्फत सरकार सम्म पुर्याने काम सिरहाका मुस्लिम समाजले गरेका छन त्यो वास्तवमा सराहनीय कार्य भएको समेत बताएकस छ्न।

प्रतिक्रिया दिनुहोस

रकमको बलमा सनाखत नाम ...

रन्जित चौरसिया वीरगंज २२ असोज । सनाखत नामसारीको कार्य गरेर बिवादित बनेका अधिकृत रामसुन्दर महतोको काल ...

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤