Siraha Times
ताजा समाचार

दोस्रो लहान गोल्डकपको आजको खेलमा धनकुटाको जित

  • माघ २३, २०८०
  • २१७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान २३ माघ । हिम कस्तुरी युवा क्लब लहानले आयोजना गरेको दोस्रो लहान मेयर गोल्डकपको आज दोस्रो दिन लहान मेयर गोल्डकपमा धनकुटा एफसीले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । हेटौंडा फुटबल एकाडेमीमाथि सहज जित निकाल्दै धनकुटा दोस्रो चरणमा प्रवेश गरेको हो ।

423105691_672288104959534_3563700012042784247_n 6 पशुपति आदर्श माविको खेलमैदानमा भएको खेलमा धनकुटाले २-० गोलअन्तरमा हेटौंडालाई पराजित गरेको हो । धनकुटाका लागि नितेश लिम्बूले खेल सुरु भएको ४ मिनेटमै आकर्षक गोल गरेका थिए । हेटौंडाका गोलरक्षक असरफ शेखको गल्तीको फाइदा लिँदै नितेशले टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० गोलमै रहे पनि दोस्रो हाफको ३२औँ मिनेटमा धनकुटाका सौर्य राउतले गोल गरेर अग्रता दोब्बर बनाएका हुन् । दोस्रो लहान मेयर गोल्डकपका म्यान अफ दि म्याचको पुरुस्कार स्विवियु का सभापति राम कृष्ण यादवले प्रदान गर्दै खेलाडीको हौसला बढाउनु भएको थियो  ।

खेलको म्यान अफ दी म्याच धनकुटाका नितेश लिम्बू बने । भोलि (बुधबार) झापा दमकको चात्या सा पुस्तकालय र विरगञ्ज युनाइटेड पर्साले प्रतिस्पर्धा गर्नेछ ।उनलाई आयोजकको तर्फबाट नगद ३ हजार प्रदान गरियो । हिम कस्तुरी युवा क्लबको आयोजना तथा लहान नगरपालिकाको प्रायोजन रहेको गोल्डकपको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१