ताजा समाचार

सुस्ता गाउँपालिकाको एक कर्मचारी प्रहरीको हिरासतमा

  • मंसिर २५, २०८०
  • ८०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी /२५ मंसिर । पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको एक कर्मचारी प्रहरी हिरासतमा रहेकोे छ । डिउटीमा खटिएको प्रहरीलाई मान्छे लगाई घेराबन्दी गरेर कुट्न र मार्ने धम्की साथ साथै गाली गलोज गरेको आरोपमा सुस्ता गाउँपालिकाको कार्यालयमा कार्यरत रोजगार संयोजक पदका बुधेश यादव ईलाका प्रहरी कार्यालय बेलाटारीको हिरासतमा रहेकोे छ ।

त्यस्तै हिरासतमा रहेको बुधेश यादवको माईला दाइ सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित सिसवा आधारभुत बिधालयका सहायक प्रध्यानाध्यापक मन्तोष यादव भने यतिखेर फरार छन् । दुबै यादव दाजु भाई मिलेर पैसा र पावरको दम देखाउदै पुलिस मेरो खल्तीमा छ यस्ता यस्ता असाईलाई तुरुन्त सरुवा गराउने र कुटपिट गरि मृत्यु गराई रुखमा झुन्डाईदिने भन्दै जिल्लाको सुस्ता गाउँपालिका स्थित रामनगर प्रहरी चौकीका इन्चार्ज पुरन केवट र उनका प्रहरी जवानलाई अभद्र व्यवहार गरेका थिए ।

हिरासतमा रहेको बुधेश यादव र फरार रहेकोे मन्तोष यादव सुस्ता गाउँपालिका वार्ड न ५ का वडा अध्यक्ष प्रभुनाथ यादवको छोरा हुन् । दुबै यादव दाजुभाइ दिनभरी कार्यालयको काम गर्ने अनि रातभरि तस्करी गर्ने गृहको नायकेको रूपमा नेपाल भारतको सिमामा बसेर काम गर्दै आईरहेको छ ।
 

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤