Siraha Times
ताजा समाचार

भगवानपुरमा जसपा नेपालको शुभकामना अदान प्रदान

  • कार्तिक २५, २०८०
  • १००२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम सिराहा कात्तिक २५  - जनता समाजवादी पार्टी नेपाल( जसपा)ले शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न गरेको छ। सिरहाको भगवानपुर गाउँपालिका -४ ठाडीमा निर्माणधिन वडा कार्यलयको प्राङ्गणमा भएको जसपा नेपाल गाउँ समिति भगवानपुरले एक कार्यक्रमको आयोजना गर्दै दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न गरेको हो।

शुक्रबार जसपा नेपाल गाउँ समिति भगवानपुरका अध्यक्ष चनरविर यादवको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रदेश संसद राजु प्रसाद गुप्ताको प्रमुख आतिथ्य रहेको थियो।कार्यक्रममा प्रदेश संसद ललिता बिद्रोही, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतोको विशिष्ट आतिथ्य तथा विभिन्न राजनीतिक दलका नेता जसपा नेपालका कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुप्ताले संघीयता र समावेशी खारेज भए लोकतन्त्र खतरामा पर्ने बताएको छ।संघीयता कार्यान्वयन गर्नका लागि पुलिस, कर्मचारी प्रशासन, आर्थिक स्रोत प्रदेशलाई हस्तान्तरण गरोस्, प्रदेशलाई अधिकार सम्पन्न गर्न कानुन बनाइयोस भन्ने जिकिर गरे।हामीलाई अधिकार, सुशासन, प्रशासन आफ्नो चाहियो, संघीय सरकारले पठाएका प्रशासन हामीलाई चाहिँदैन।

संघीयताको अर्थ केन्द्रमा साझेदारी, प्रदेशमा आफ्नो शासन, प्रशासन हो, तबमात्र अधिकार सुरक्षित हुन्छ भन्दै दिपावली छठको शुभकामना व्यक्त गरेको थियो। कार्यक्रमलाई समाप्न गर्दै सभापति चनरवीर यादवले दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै अमुल्य समय दिएर कार्यक्रमलाई सफल बनाई दिएकोमा उपस्थित सम्पूर्णमा धन्यवाद दिएका थिए। कार्यक्रमको उदघोषक बबलेश मण्डल ( बिष्णुदेव मण्डल) ले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

श्री सरस्वती सामुदाय ...

उमेश कुमार साह सप्तरी असोज ३ । श्री सरस्वती सामुदायिक सिकाई केन्द्रको दोस्रो साधारणसभा तथा सामाजिक प ...

सखुवानन्कारकट्टीमा ज ...

रहमुल, लहान ३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा अगुवा ...

शिक्षकको मेहनत, अभिभ ...

रहमुल, लहान,०३ असोज ।“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रगतियुक्त सक्षमता&rd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१