दुर्घटनामा दुई जना सामान्य घाइते

  • असोज १३, २०८०
  • ७७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज १३। चोहर्वा सिरहा सडखण्डमा आज बिहान करिब ९ बजेर ३० मिनेटको समयमा समान दिशातर्फ गइरहेको गाडीलाई पछाडिबाट बाईकले ठक्कर दिँदा बाईकमा सवार दुई जना सामान्य घाईते भएका छन । पूर्व पश्चिम राजमार्गको चोहर्वा सिराहा सडक खण्डको सिराहा सदरमुकाम तर्फ आइरहेको हिमालय सुगर मिलको गाडी ज १ च ११६३ नम्बरको गाडीलाई सामान दिशातर्फ आउदै गरेको स १ प २१७५ नम्बरको बाइकले पछाडिबाट ठक्कर दिँदा बाईकमा सवार दुई जना घाइते भएका थिए ।

दुर्घटनामा परी बाईक चालक अक्षय चौधरीको चिउँडोमा चोट लागेको छ भने बाईक पछाडि सवार पृथ्वी नारायण चौधरीको दायाँ खुट्टामा चोट लागेको बताइएको छ । गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । नरहा गाउँपालिका वडा न:३ मा रहेको हिमालय सुगर मिलका पिअकप गाडी र मोटरसाइकल बीच भएको दुर्घटनाको बारेमा स्थानियले प्रहरीमा खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

लाहान ११ पडरिया वैठा ...

ओम प्रकाश यादव लहान, मंसिर २३ । लहान नगरपालिका वडा न. ११ पडरिया स्थित वैठार चौकमा स्थानीय कृषि हाट ब ...

‘लैङ्गिक हिंसा विरु ...

लहान, मंसिर २३ । ३४ औं ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’को अवसरमा भगवानपुर गाउँपा ...

लहान उद्योग वाणिज्य ...

लाहान, मंसिर २३ । आगामी पुष ५ गते हुने जिल्ला उद्योग वाणिज्य संघ, लहानको अधिवेशनलाई लक्षित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१