ताजा समाचार

चुनावी चलखेल

  • जेठ ७, २०७९
  • ४०८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सम्पादकीय 

लहान ७ जेठ। चुनावमा होमिएका उम्मेदवारले चुनाव जित्नकालागि कुनै कसरबाँकी राख्दैन्न। कसरी चुनाव जित्ने दिनरात एक गरिदिन्छ। उम्मेदवारी दिइएका सबैलाई विजयी चाहियो। यो सम्भव छ? बिल्कुल सम्भाव छैन दुई लडाइपछि एकको हार निश्चित छ। मेरो बिचारमा स्थानीय चुनावले स्थानीयलाई दु:खीमात्र बनाउछ। चुनाव जितेपछि जनतालाई हरेक दृष्टिकोणले तर्साउने प्रयत्न गरिन्छ । योसँगै स्थानीय चुनावमा कतिपय ठाउँमा हारलाई हार स्वीकार नगरिएको पाईन्छ । हारेका जनप्रतिनिधिले जनता तथा सर्वसाधारणप्रतिको नजरिया फरक पारि लिन्छ। । शारीरिक , मानसिक , संवेगात्मक लगायतका यातना दिन्छ र त्यसको भागिदार जनता स्वयं हुन्छ ।

खासगरी अनपढ( नपढेलेखेका ) व्यक्तिलाई यसको सिकार बन्नेगरेको पाइएको छ। मुख्यत चुनावमा विश्वास , आस्था आवश्यक छ। आफू 'हार' नै लाग्दा कतिपय ठाउँमा दङ्गा , फसाद, नाराबाजी , जुलुस आदिको प्रयत्न गर्छ। उम्मेदवारी दिइएका जनप्रतिनिधि निर्वाचित/विजयी भए ठिक नत्र , विभिन्न उपद्रव दिनेगर्छ। जस्तै बोलचालको भाषाशैली, आफ्नो जग्गासम्ममा घेराउ गर्छन् । पैसा ,पाबर, कल , बल , छल प्रयोग प्रयोग गर्छन। तर , "हार" नै लाग्दा छलकपट कतिको उचित र मानवता हो । लोकतन्त्रमाथि आँच आउनेगरि क्रियाकलाप नगर्न / नगराउन निर्वाचन आयोग अचारसंघिता उलङ्घन गरेरपनि निर्वनचित हुने प्रयास गर्छ। यसमा निर्वाचन आयोगको लापरबाही पनि देखिन्छ । यदि निर्वाचनलाई स्वच्छ , निश्पक्ष र भयरहित वातावरण निर्माण गर्ने हो भने , इलेक्ट्रिक भोटिङ्ग मेशिन अतिआवश्यक छ।

हाम्रो मधेश प्रदेश त्यसैपनि बदनाम छ। जासुसी , अनियमिततादेखि लिएर भ्रष्टाचारसम्ममा। अहिले जातीवाद चुनाव रणनीति तयारीमा हरेक उम्मेदवार होमिन्छ। जातिवादका नारा लगाउनेले पनि कतिपय ठाउँमा पराजित भएको देखिन्छ । जातिवादको राजनीतिक कोब्रा सर्पभन्दा पनि खतरनाक हुन्छ । त्यसैले जातिवादको राजनीतिक सामाजिक , राजनीतिक , आर्थिक सबैक्षेत्रमा प्रभाव पर्छ। योसँगै मधेश प्रदेशमा महिलाको अधिकार हन्नन् भएको छ।राजनीतिकमा उपाध्यक्ष तथा उपमेयरको उम्मेदवारमा महिला नेतृ राख्नुपर्ने प्रावधानमा उल्लेख छ। तर, कतिपय नगरपालिका गाउँपालिकामा पुरुषले आफ्नो नाम दर्ता गराइएको देखिन्छ ।

लोभ, लालच , डाह, ईर्ष्यमा लिप्त व्यक्ति देशकालागि राम्रो सोच्दैन्न, प्रष्ट देखिन्छ त्यसको प्रवृत्ति । कतिपय स्थानमा स्थानीयहरुसँगको भेटघाट तथा कुराकानीमा के पाईयो भने, देशमा देशमा पत्रकार , सरकारी कर्मचारी असल, निश्पक्ष इमानदारीकताको भुमिका निर्वाह गरे, समृद्धिलाई कुनैपक्ष बाटो छेक्न सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤