महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ४ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

  • पुस १७, २०७८
  • १३७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पूर्व–पश्चिम राजमार्गअन्तर्गत माइस्थान चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज ६ प ८३४२ नम्बरको मोटरसाइकल शनिबार दिउँसो ३ बजेतिर अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलचालकको मृत्यु भएको हो।
सर्लाही ईश्वरपुर नगरपालिका –४ भक्तिपुर (गौशाला १, रामनगर ; अस्थाई ठेगाना) बस्ने अन्दाजी ४८ वर्षका भुवनप्रसाद उपाध्यायको दुर्घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापश्चात बर्दिबासस्थित शुभ–स्वस्तिक अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका छन्। अहिले उनको शव अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहाका मालपोत प्रमु ...

रहमुल लहान २५ मंसिर । भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइराल ...

नेशनल मेडिकल कलेज र ...

वीरगंज २४ मंसिर। नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा स ...

श्रम संस्कृति पार्टी ...

रहमुल,लहान २४ मंसिर। श्रम संस्कृति पार्टीले सिरहाको कल्याणपुरमा संगठन विस्तार र जनसंपर्क सुदृढीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१