ताजा समाचार

छिन्नमस्ता गाउँपालिका ६ निवासी ९० वर्षिय बृद्ध मण्डलको घाटीरेटी हत्या

  • मंसिर ८, २०७८
  • ११७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ निवासी मिश्रि भन्ने मुक्तिलाल मण्डलको हत्या भएको छ । ९० वर्षिय बृद्ध मण्डलको घाटी रेटेको अवस्थामा बुधबार दिउँसो २ बजेतिर मृत शरीर फेला परेको हो । उनको मृत शरीर घरबाट करिब २ किलोमिटर टाढा रहेको झोकराहीस्थित आँप बगौचामा फेला परेको इलाका प्रहरी कार्यालय सखडाका सई उमेन्द्र यादवले जानकारी दिए । घटनाको खबर पाएलगत्तै डिएसी माधवप्रसाद काफ्लेलेको नेतृत्वमा एक टोली घटनास्थलमा पुगि आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बिहान ९ बजेतिर सखडा बजारमा चिया खान जान्छु भन्दै बुबा घरबाट निस्केको छोरा देवनारायणले जनाए । बुबाको कसैसँग कुनै दुश्मनी नरहेको र घाटी रेटेर हत्या भएको खबरले परिवारनै स्तब्ध भएको छ ।घटनाको छानबिन र हत्यारालाई अविलम्ब पक्राउ गर्न मृतकका आफन्त र गाउँलेले माग गरेका छन् । डिएसपी काफ्लेले ९० वर्षिय बृद्धको कसले र के कारणले हत्या गरेको हो भन्ने बिषयमा सुक्ष्म अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤