ताजा समाचार

दुर्घटनापछि अरुलाई जिम्मा लगाएर हिँडे’ लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही

  • कार्तिक ११, २०७८
  • ९७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बुटवल / कार्तिक ११ / लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही सवार गाडीले बिहीबार दिउँसो तिलोत्तमामा मोटरसाइकलाई ठक्कर दियो । तर, मन्त्री शाही सवार गाडीले मोटरसाइकलाई ठक्कर दिएपनि उनी उद्धार नै नगरी अर्को गाडीमा हुँइकिए । यसबारेमा ग्लोबल आवाजले बुझ्दा मन्त्रीले शाहीले आफू झरेर उद्धार गर्न चाहेको भए पनि पिएसओ र सहयोगीले झर्न नदिएको प्रतिक्रिया दिए । ‘दुर्घटना भए लगत्तै म झरेर घाइतेको उद्धार गर्न चाहेको थिएँ। पिएसओले नझर्न आग्रह गरेपछि अर्को गाडीमा गएको हुँ।’ उनले भने । साथै मन्त्री शाहीले दुर्घटनाबाट घाइतेलाई उपचारको सबै व्यवस्था मिलाउन स्वकीय सचिव कमल क्षेत्री र सहयोगी नारायण श्रेष्ठलाई जिम्मा दिएर घटनास्थलबाट हिँडेको बताए । ‘म घटना भएपछि घाइतेलाई उपचारको सबै व्यवस्था मिलाउन भनेर हिडेको हो ।’ उनले भने । घाइतेको अवस्था हेरे आफू भेटन् जाने समेत मन्त्री शाहीले बताए । ‘म अहिले भर्खरै क्वार्टरमा आएको छु ।’ उनले भने ‘घाइतेको अवस्था कस्तो छ भनेर अहिले प्रहरीसँग बुझ्दै छु, आवश्यक परेको अवस्थामा म घाइतेलाई भेट्न नै जान्छु ।’

Open photo

मन्त्री शाही सवार गाडीले बिहीबार दिउँसो ४ बजे बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा रुपन्देहीको तिलोत्तमा–३ शंकरनगरमा मोटरसाइकललाई ठक्कर दिएको थियो । मन्त्री शाही चढेको भे १ झ ३३१ नम्बरको गाडीले लु ७८ प ५६६३ मोटर साइकललाई ठक्कर दिएको हो । दुर्घटनाबाट बुटवल उपमहानगरपालिका–१२ तामनगर निवासी २० वर्षीय मिगिन मगर घाइते भएका छन् । घाइते मगरको अवस्थाको अवस्था सामान्य रहेको र मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ड्राइभर टोलका सई कृष्ण बेल्वासेले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤