Siraha Times
ताजा समाचार

जब श्रिमान् घरमा किनेर राखेको दाल, चामल, साबुन बेचेर रक्सी खान्थे......

  • जेठ २७, २०८३
  • ३९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नविन चौधरी लहान जेष्ठ २७ । अलिकति खेतिपाती, तरकारी बेचेर कमाएको रकमले घरपरिवारको दैनिक जिवनयापन गर्न संगिताले घरमा दाल, चामल, तेल, साबुन, सलाइ लगायत अन्य खाद्यान्न किनेर ल्याउँथिन्, तर उनको श्रीमान् आफुले रक्सी खानलार्इ सबै बेचिदिन्थेँ । उनि हर प्रयासले श्रीमान् लाइ रोक्न खोज्थीन् तर उल्टै श्रीमान् को कुटाइ सहनु पर्थ्यो । 

लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं–१, पिप्रा निवासी, ३० वर्षीया सङ्गीता सरदारको यस्तै दुखद् जिवन थियो । श्रीमान् को रक्सी खाने दैनिकिले उनलाइ धेरै पिरोल्थ्यो, उता दुर्इ छोराहरूको जिम्मेवारी बहन गर्नुपर्ने पनि थियो । संगिता भन्छिन् "जब परिवार आर्थिक अभाव र दुर्व्यसनको समस्याले गहिरो रूपमा प्रभावित भएको थियो, यो अवस्थाले मलार्इ एक दिन गहिरो निराशामा पुर्याएको थियो, तर आफ्ना छोराहरूको अनुहार सम्झेर आफूलाई सम्हाले र जीवनसँग फेरि लड्ने हिम्मत जुटाए ।"

संगिताको मुख्य आम्दानीको स्रोत तरकारी, धान र गहुँ खेती भएपनि त्यो पर्याप्त थिएन । उनको श्रीमानले कमाएको सबै रकम मदिरा सेवनमा खर्च गर्थे । श्रीमान भने, जिल्ला बाहिरको एक कम्पनीमा काम गर्थे, कामबाट आएको पैसा रक्सीमै सकिन्थ्यो । उनले घरभित्र बारम्बार हुने झगडा र तनावले मानसिक रूपमा थकित र आत्मविश्वास कमजोर भएको बताउँछिन् ।

यही चुनौतीपूर्ण अवस्थाबाट गुज्रीरहेकोबेला जब २०८० असार महिनामा ग्रामीण महिलाहरूका लागि आर्थिक सशक्तिकरण कार्यक्रम लक्ष्मिपुर पतारी गाउँपालिकामा सञ्चालनमा आयो, त्यस कार्यक्रमले उनको जीवनमा नयाँ सम्भावनाको ढोका खोलिदियो । जब यस परियोजनाबाट बनेको “जित महान महिला कृषक समूह” मा उनि आबद्ध भइन्, उनले वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता कक्षा तथा लैङ्गिक कार्य सिकाइ पद्धति सम्बन्धी कक्षाहरूमा सहभागी हुन थालिन् । ती कक्षाहरूले उनको सोचाइमा नयाँ ऊर्जा थपिदियो । उनले सामाजिक न्याय, लैङ्गिक समानता, घरायसी निर्णय, मेलमिलाप, जिम्मेवारी, वित्तिय पहुँच, बचत र आर्थिक व्यवस्थापन, योजनाका बारेमा गहिरो ज्ञान हासिल गरिन् । साथै, यस कार्यक्रमबाट विभिन्न किसिमका बिउबिजन, तालिम प्राप्त गर्नुका साथै अन्य कार्यक्रममा सहभागी हुने उनि मौका पाइन् । 

सङ्गीता त्यो विगतको दिनहरू सम्झँदै भन्छिन्, “वित्तिय साक्षरता तथा लैङ्गिक कार्य सिकाइ पद्धति सम्बन्धी ज्ञानहरू हासिल गरेपछि मैले पहिलो पटक आफ्नो जीवनलाई फरक दृष्टिकोणबाट हेर्न थालेँ । मैले बुझें, यदि मैले हिम्मत नहार्ने हो भने, मेरो जीवन अवश्य परिवर्तन हुन सक्छ ।”  लैङ्गिक कार्य सिकाइ पद्धति बाट सिकेको दृश्यात्मक योजना विधि प्रयोग गर्दै उनले आफ्नो जीवनका लागि तीन वर्षे लक्ष्य तय गरिन्, परिवारमा समझदारी बढाउने, आम्दानीका स्रोत विस्तार गर्ने, छोराछोरीलाई राम्रो शिक्षा दिने र पशुपालन सुरु गर्ने लक्ष्य बनाइन् । उनले यी लक्ष्यहरू केवल कागजमा सीमित नराखी आफ्नै जीवनमा लागू गर्न थालिन् ।

सुरुमा उनका श्रीमानले उनको प्रयासलाई गम्भीरतापूर्वक लिएनन् । तर सङ्गीताले धैर्यता नछोडी सही समयमा सही तरिकाले आफ्ना कुरा बुझाउँदै गइन् । जब उनका श्रीमान होसमा हुन्थे, उनी विस्तारै बचत, योजना र भविष्यको महत्त्वबारे सम्झाउने गर्थिन् । सङ्गीता सम्झिन्छिन्, “मैले कहिल्यै रिसाएर होइन, सम्झाएर कुरा गर्ने प्रयास गरेँ । मैले सोचेँ यदि म धैर्य राखेँ भने एक दिन परिवर्तन अवश्य आउँछ ।” विस्तारै उनका श्रीमानले पनि आफ्ना व्यवहारमा परिवर्तन ल्याउन थाले । उनले मदिरा सेवन घटाउँदै लगे र अन्ततः त्याग्ने निर्णय गरे । आफ्नो विगत सम्झँदै प्रभास भन्छन्, “मेरो श्रीमतीलाई आत्मविश्वासी र जानकार बन्दै गएको देख्दा मलाई गर्व लाग्यो । उनले बुझाउने तरिका फरक थियो । विस्तारै मैले उनको कुरा सुन्न थालेँ र अन्ततः मदिरा सेवन छोड्ने निर्णय गरेँ ।” 

प्रभास रक्सी छोडेपछि घर नजिकैको पेट्रोल पम्पमा कार्यरत भएका थिए । विगत ३ महिना देखि उनि वैदेशिक रोजगारीमा छन् र मासिक रूपमा करिब ७० हजार रुपैयाँ आम्दानी गर्दै आफ्नो परिवारलाई सहयोग गरिरहेका छन् । उनी नियमित रूपमा सङ्गीतालाई पैसा पठाउने र बचत गर्ने बानी बसालिसकेका छन् । यसअघि उनले कुमारी बैंकमा मासिक रु. ५,००० बचत सुरु गरेका थिए, जुन अहिले पनि निरन्तर जारी छ ।

यता, सङ्गीताले पनि खेतीपाती र पशुपालनमा सक्रिय भूमिका निर्वाह गरिरहेकी छिन् । उनी धान, गहुँ र मौसमी तरकारी खेती गर्दै आएकी छन् भने ५ वटा बाख्रा पालन गरी थप आम्दानीको स्रोत विस्तार गरेकी छिन् । केही समयअघि मात्र उनले दुई वटा बाख्रा बेचेर रु. ४० हजार आम्दानी गरिन् । यी साना–साना उपलब्धिहरूले उनको आत्मविश्वास झन् बढाएको छ ।

परिवारभित्रको सम्बन्धमा पनि ठूलो परिवर्तन आएको छ । पहिले तनाव र झगडाले भरिएको घर अहिले शान्त र समझदारीपूर्ण वातावरणमा रूपान्तरण भएको छ । श्रीमान–श्रीमती दुवैले संयुक्त रूपमा आर्थिक निर्णय लिने गरेका छन् र भविष्यका योजनाहरू सँगै बसेर तय गर्ने गरेका छन् ।

सङ्गीता गर्वका साथ भन्छिन्, “लैङ्गिक कार्य सिकाइ पद्धति तालिमले मेरो परिवारलाई मात्र होइन, मेरो सोचाइलाई पनि परिवर्तन गरेको छ । अहिले म आत्मविश्वासी बनेकी छु र भविष्यप्रति आशावादी छु ।” आज सङ्गीता लैङ्गिक कार्य सिकाइ पद्धति सहजकर्ताका रूपमा अन्य महिलाहरूलाई पनि आफ्नो अनुभव सुनाउँदै उनीहरूलाई परिवर्तनको बाटोमा अघि बढ्न प्रेरित गरिरहेकी छिन् । उनले सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै धेरै परिवारलाई सकारात्मक परिवर्तनतर्फ अग्रसर गराएकी छिन् ।

उनी भावुक हुँदै भन्छिन्, “यदि मैले लैङ्गिक कार्य सिकाइ पद्धति सिक्ने अवसर नपाएको भए, मेरो जीवन यति परिवर्तन हुन्थ्यो भन्ने सोचेकी थिइनँ । आज म खुशी छु, आत्मनिर्भर छु र समाजमा सम्मानका साथ जीवन बिताइरहेकी छु ।” यस कार्यक्रमले ग्रामिण महिलाहरूको सामाजिक र आर्थिक विकासका लागि दुइ सय वटा समुहहरूमा वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरताका कक्षाहरू र लैङ्गिक कार्य सिकाइ पद्धतिका सत्रहरू सञ्चालन भइरहेको सप्रोस नेपालका सामाजिक आर्थिक सुपरभाइजर सुनिता थापा मगरले बताइन् ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरबाट कर्तब्य ...

कपिलवस्तु, जेष्ठ २७ । कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णानगरले कर्तव्य ज्यान मुद्दाका फर ...

स्थानीयको जनश्रमदान ...

विनोद अविरल,​जेठ २७, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर-१२, कालापानीस्थित ऐतिहासि ...

नेशनल मेडिकल कलेज र ...

रंजित चौरसिया,वीरगंज २६ जेठ। नेशनल मेडिकल कलेज प्रालि, वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१