Siraha Times
ताजा समाचार

दोस्रो सुरुंगा मेयर गोल्डकप फुटबल प्रतियोगिता सुरु, आठ टोलीको सहभागिता

  • चैत २५, २०८१
  • १३२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, २५ चैत । सुरुंगा नगरपालिका, सप्तरीको प्रायोजन र सिसुवारी क्लबको आयोजनामा दोस्रो सुरुंगा मेयर गोल्डकप फुटबल प्रतियोगिता २०८१ हिजोबाट सुरु भएको छ। सिसुवारी खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका श्रम मन्त्री नवल किसोर रायले गरे। प्रतियोगिता चैत २४ गतेदेखि सुरु भई ३० गतेसम्म चल्ने आयोजक सिसुवारी क्लबका अध्यक्ष समिर श्रेष्ठले जानकारी दिए।

Open photo

उद्घाटन खेल वेलटार, उदयपुर र मधेशा, सुनसरीबीच भएको थियो। प्रतियोगितामा विभिन्न जिल्लाका आठ वटा टोलीहरूको सहभागिता रहेको छ। खेल समावेशी सहभागिता, अनुशासन र खेलकुदमार्फत सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको हो। मुख्य अतिथि मन्त्री रायले उद्घाटन समारोहलाई सम्बोधन गर्दै खेलकुदले युवाहरूलाई अनुशासित बनाउने र लागुऔषधको दुष्परिणामबाट जोगाउने माध्यम हुने बताए। “खेलले नकारात्मक बाटोबाट युवाहरूलाई सकारात्मक दिशामा लैजान सहयोग गर्छ,” मन्त्री रायले भने। उनले यस्तो खालको प्रतियोगिता प्रदेशका अन्य स्थानहरूमा पनि आवश्यक रहेको उल्लेख गरे।

Open photo

प्रतियोगिताको उद्घाटन सुरुंगा नगरपालिकाका मेयर गिता कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले खेलकुद विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। “खेलकुदले नगरको पहिचान र गौरव बढाउने काम गर्छ,” मेयर चौधरीले भनिन्। सिसुवारी क्लबका अध्यक्ष समिर श्रेष्ठका अनुसार प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले नगद रू. १ लाख १ हजार १ सय ११, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी, दोस्रो हुने टोलीलाई नगद रू. ५० हजार ५ सय ५५, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। खेल अवधिभर मैदानमा हजारौँ दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ।

प्रतियोगिता सफल बनाउन स्थानीयवासी, युवा क्लबहरू, स्वयंसेवक र विभिन्न संघ–संस्थाहरूले सहयोग गरिरहेको आयोजकले जनाएको छ। खेलकुद क्षेत्रको प्रवर्धन र स्थानीयस्तरमा प्रतिभा पहिचान गर्न प्रतियोगिता सशक्त माध्यम हुने विश्वास गरिएको छ।समाप्तिमा आयोजक क्लबका अध्यक्ष श्रेष्ठले सम्पूर्ण दर्शक, सहभागी टोली र शुभेच्छुकहरूलाई आभार व्यक्त गर्दै खेलमा अनुशासन र खेल भावना कायम राख्न आग्रह गरे। प्रतियोगिता मार्फत स्थानीय पर्यटन र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१