महोत्तरी - महोत्तरीको लोहारपट्टी नगरपालिका ४ पिपराढी स्थित शसस्त्र प्रहरीको रेल्वे सुरक्षा वेशका इन्चार्ज शसस्त्र प्रहरी सई धर्मेन्द्र सिंहलाई बालयौन दुरुपयोग आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सोहि ठाउँ निवासी एक १० वर्षीया बालिकालाई मर्निङवाकमा सँगै लगेका बेला शसस्त्रका सई सिंहले गलत नियतका साथ कपडा खोल्न भनेपछि र ति बालिका नमान्दा आफैँले बालिकाको कपडा खोल्न प्रयत्न गरेपछि बालिका भागेर घर पुगेकी थिइन् ।
घरमा अभिभावकलाई आफुसँग भएको घटना बताएपछि बालिकाको अभिभावकसँगै सयौँको संख्यामा स्थानीयहरुले रेल्वे सुरक्षा वेश घेराउ गरेका थिए । सोहि क्रममा आरोपी सई सिंहलाई कुटपिट समेत गरिएपछि स्थिती संयमित बनाउन शसस्त्र प्रहरीकै टोलीले सई सिंहलाई प्रहरीको जिम्मा लगाएको हो ।
पीडित बालिका अबेर साँझ अभिभावकसँग जिल्ला प्रहरी कार्यालय महोत्तरी आइपुगेको प्रहरीले बताएको छ। घटनाबारे कानुनी प्रकृया सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले बताए । उनले आरोपी प्रहरी नियन्त्रणमा रहेको बताउदै आवश्यक कानुनी प्रकृया चलिरहेको उल्लेख गरे। उनले पीडित पक्षबाट जाहेरी हालसम्म नआएपनि पीडित प्रहरीको सम्पर्कमा रहेको र बालिकाको मेडिकल चेकजाँच लगायतका कार्यहरु भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
सखुवानन्कारकट्टीमा शिक्षा क्षेत्रको करिब ३ करोड बजेट फ्रिज, राजनीतिक खिचातानीले शैक्षिक सुधार प्रभावित भएको आरोप
बोदेबर्साइनमा जसपा नेपालको शक्ति प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता पार्टी प्रवेश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved