ताजा समाचार

श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयमा गरे एसईई बिदाइ तथा शुभकामना कार्यक्रम

  • फागुन २७, २०८१
  • ८११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, फागुन २७ । लहान नगरपालिका–३, रघुनाथपुरस्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयले एसईई परीक्षार्थीहरुको बिदाइ तथा शुभकामना कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। विद्यालयका व्यवस्थापन समिति, शिक्षक-शिक्षिका, विद्यार्थी तथा स्थानीय प्रतिनिधिहरुको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका १९७ जना परीक्षार्थी सहभागी भएका थिए।

कार्यक्रम विद्यालयका संयोजक श्यामसुन्दर महतोको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रम अतिथि विद्यालय व्यवस्थापन समितिका सदस्य मो.सलाम अन्सारीको थियो तथा स्थानीय जनप्रतिनिधि, शिक्षक-शिक्षिका तथा अभिभावकहरुले परीक्षार्थी विद्यार्थीहरुलाई सफलता प्राप्त गर्न प्रेरणादायी सन्देश प्रदान गरे। प्रमुख अतिथि मो.सलाम अन्सारीले विद्यार्थीहरुलाई अनुशासन, परिश्रम र लगनशीलताको महत्त्वबारे जानकारी गराउँदै उज्जवल भविष्यको कामना गरे।

विद्यालयका प्रधानाध्यापकले परीक्षाको तयारीका लागि विद्यालयले गरेका विशेष प्रयासबारे प्रकाश पार्दै विद्यार्थीहरुलाई आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन आग्रह गरे। शिक्षक-शिक्षिकाहरुले पनि विद्यार्थीहरुलाई आत्मबल उच्च राखी परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गरे। अभिभावकहरुले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको प्रगतिको प्रशंसा गर्दै शिक्षालयले दिएको योगदानको सराहना गरे।

विद्यार्थीहरुको तर्फबाट बोल्दै केही परीक्षार्थीहरुले विद्यालयमा प्राप्त शिक्षा तथा शिक्षकहरुको मार्गदर्शनप्रति कृतज्ञता प्रकट गरे। उनीहरुले परीक्षा राम्रोसँग सम्पन्न गर्ने अठोट व्यक्त गर्दै विद्यालयको प्रतिष्ठा कायम राख्ने प्रतिबद्धता जनाए । साथै, विद्यालयका विभिन्न शिक्षकहरुले परीक्षामा उत्कृष्ट नतिजा ल्याउन आवश्यक टिप्स तथा परामर्श प्रदान गरे।

कार्यक्रमको अन्त्यतिर मो.सलाम अन्सारीले समापन मन्तव्य राख्दै विद्यालयले आगामी वर्षहरुमा समेत यस्ता प्रेरणादायी कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले परीक्षार्थीहरुलाई सफलताको शुभकामना दिँदै विद्यालयको गौरव बढाउने दिशामा लाग्न प्रेरित गरे।कार्यक्रम समापनसँगै विद्यार्थीहरु आत्मविश्वासका साथ परीक्षा तयारीमा जुट्ने प्रण गर्दै बिदाइ गरिए। विद्यालय परिवारले विद्यार्थीहरुलाई उज्जवल भविष्यको शुभकामना दिंदै उनीहरुको सफलताको मंगलमय कामना गरेको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤