ताजा समाचार

ईलाका प्रहरी कार्यालय लहानदेखि कटहा चौकसम्म नमुना पिच सडक निर्माण सुरू

  • फागुन २७, २०८१
  • ८८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २७ फागुन । लहान नगरपालिका अन्तर्गत ईलाका प्रहरी कार्यालय लहानदेखि कटहा चौकसम्म Asphalt Concrete Pitch (पिच) नमुना सडक निर्माण कार्य औपचारिक रूपमा सुरू भएको छ। लहान नगरपालिकाका मेयर महेश चौधरीले मंगलबार एक कार्यक्रमबीच शिलान्यास गर्दै यस आयोजनाले नगरवासीलाई गुणस्तरीय सडक सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे।

यो सडक निर्माण लहान नगरपालिका-१, २, ३ र १९ का वडावासीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेगरी अघि बढाइएको हो। शिलान्यास कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष युगलकिशोर चौधरी, वडा नम्बर २ का अध्यक्ष सियाराम यादव, पत्रकार महासंघ सिरहाका जिल्ला सभापति मनोज बनैता लगायत स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।

योजना विवरण

सडक सुधार योजना अन्तर्गत उक्त सडक निर्माणका लागि Reliance Builders And Suppliers Pvt. Ltd. कम्पनीसँग सम्झौता गरिएको छ। योजना अन्तर्गत लहानको प्रमुख व्यस्त मार्गलाई Asphalt Concrete Pitch प्रविधिबाट स्तरोन्नति गरिनेछ, जसले सवारी आवागमनलाई सहज बनाउने विश्वास गरिएको छ। योजनाको नाम: Road Improvement Works, Thana Chowk to Kataha Chowk, Lahan ठेक्का नं.: LMUN-W04-NCB-81-82-007 ठेकेदार कम्पनी: Reliance Builders And Suppliers Pvt. Ltd. सम्झौता रकम: ४,०५,१३,८१८.६० रुपैयाँ (भ्याट सहित) सम्झौता मिति: २०८१ फागुन ६ गते निर्माण पूरा गर्ने लक्ष्य मिति: २०८३ जेठ २ गते नगरपालिकाले निर्धारित मितिभित्र गुणस्तरीय सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नगर प्रमुख चौधरीले यस योजनाले लहान नगरपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान दिने बताए। स्थानीय बासिन्दाले पनि सडक सुधार योजनाप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै, समयमै काम सम्पन्न गर्न नगरपालिकासँग आग्रह गरेका छन्। यातायातका लागि सहज र सुरक्षित वातावरण तयार गर्न यस सडकको महत्वपूर्ण भूमिका रहने विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤