ताजा समाचार

पत्रकार विनोद मण्डलको पहलमा माता चन्द्र घण्टाको मन्दिर निर्माण सम्पन्न

  • फागुन २३, २०८१
  • ७७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान फागुन २३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित मण्डलले स्थानीय समुदायको आस्थालाई सम्मान गर्दै मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुटाएका थिए। साथै, उनले स्थानीय बासिन्दा, समाजसेवी, तथा प्रवासी नेपालीहरूसँग समेत सहयोगको अपिल गरेका थिए। समुदायको अपार सहयोगका कारण मन्दिरको निर्माण कार्य निर्धारित समयमै सम्पन्न भएको हो।

मन्दिर उद्घाटन समारोहमा विभिन्न धार्मिक तथा समाजसेवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। स्थानीय बासिन्दाहरूले पत्रकार मण्डलको सामाजिक सेवाको खुलेरै प्रशंसा गरेका छन्। मण्डलले भने, “म सञ्चार मात्र होइन, समाजसेवामा पनि समर्पित छु। धार्मिक स्थलहरूको संरक्षण गर्नु हाम्रो कर्तव्य हो।” उनले थपे, “स्थानीयबासीको चाहना अनुसार यो मन्दिर निर्माण कार्य पूरा गर्न पाउँदा मलाई गर्व लागेको छ।”

मण्डल सञ्चार जगतमा स्थापित नाम हुन्। उनले कुनै समय सिरहाटाइम्सका सम्पादकका रूपमा काम गरेका थिए। सञ्चार माध्यममार्फत समाजको आवाज बुलन्द पार्दै आएका मण्डलले पछिल्लो समय विभिन्न सामाजिक अभियानमा समेत संलग्नता जनाइरहेका छन्। स्थानीय बासिन्दा, भक्तजन तथा समाजसेवीहरूको सहयोगले सम्पन्न मन्दिर अब धार्मिक तथा सांस्कृतिक गतिविधिको केन्द्र बन्ने विश्वास गरिएको छ। यस मन्दिरले धार्मिक पर्यटकहरूलाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ। समाजसेवा र सञ्चारको दोहोरो भूमिकामा रहेका मण्डलले आगामी दिनमा अन्य सामाजिक परियोजनाहरूमा पनि हातेमालो गर्ने प्रतिबद्धता जनाएका छन्। उनको प्रयासले स्थानिय समुदायमा नयाँ ऊर्जा भरेको छ भने धार्मिक आस्थालाई थप मजबुत बनाएको छ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤