ताजा समाचार

तरेगना गोविन्दपुर खानेपानी योजना अगाडि बढ्यो

  • माघ ७, २०८१
  • ८१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान माघ ७ । वर्षौदेखि खानेपानीका लागि लहान नगरपालिका-१६ र १७ का स्थानीयवासी संघर्षरत थिए । त्यो समाधान हुने काम अगाडि बढेको छ । आईतवार खानेपानी सञ्चालनका लागि बोरिङ जडान कार्य सुरु भएको छ । मेयर महेश चौधरीले उक्त योजनाको शिलान्यास गरेका छन् ।

लहान नगरपालिका, वाटर एड, खानेपानी संस्थान र दलित जनकल्याण युवा क्लब सहयोगमा सञ्चालित द विकन परियोजनाबाट ६० लाख भन्दा बढीमा बोरिङ जडान सुरु भएको छ । परियोजनाले गरेका सर्वे अनुसार परियोजनाबाट १०४१ घरधुरीमा खानेपानी धारा जडान भएपछि ८३९४ जना स्थानीय लाभान्वित हुनेछ । २ लाख २५ लिटर क्षमताको पानी भण्डारण गर्न ट्याकं बनिसकेको छ । केही पाईपलाईनको काम पनि भएको छ ।

दुईवटा बोरिङ जडानका लागि बोरहोल गरिएको थियोे । नजिकैमै पोखरी हुँदा सुरुमा पानी देखिएको थियो तर, पछि पोखरी सुकेपछि बोरहोल फेल भयो । अहिले १ किलोमिटर भन्दा बढी ठाउँ सारेर बोरहोलको काम भईरहेकाे छ । वडा अध्यक्ष गडुलबहादुर जर्घामगरका अनुसार हाम्रो समस्या बुझेर मेयर महेश चौधरीले खानेपानीको काम अगाडि बढाईरहनुभएको छ । उहाँकै पहलले समस्या समाधान हुनेमा हामी विश्वस्त भएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤