ताजा समाचार

आगलागी पीडितलाई तत्कालै पालिका प्रमुख द्वारा आर्थिक सहयोग

  • मंसिर २९, २०८१
  • १९३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २९ मंसिर । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका १ मा आगलागी भएको हो नवराजपुर गाउँ पालिका १ ढेकहामा शुक्रबार दिउसो करिब ५ बजे आगलागी भएको हो । आगलागीमा ढेकहा ४ घरमा आगलागी भइ घरका सम्पूर्ण सरसमान जलेर नस्ट भएको हो आगलागी भएको जानकारी पालिका प्रमुख शिव उदगार यादव ( शिवा ) र प्रमूख प्रशासकिय अधिकृत सरोज कुमार सिंह लगायत पदाधिकारीहरुले आगलागी भयो भनेर जानकारी पाउने बित्तिकै आगलागी पीडितहरुको लागि स्वयम आफै तत्काल राहत सामग्री लिएर जानु भएको थियो । 

नवराजपुर गाउँपालिका वडा नं १ ढेकहा गाउँमा आज करबि ५: ००बजे रविलाल यादवको घर हुँदै सनेलाल साह, बद्री साह,र विनोद यादव को घरमा आगलागी हुदा घर जलेर नष्ट भएको छ । घटनाको जानकारी पाउने बितिकै गाउँ पालिका अध्यक्ष यादव आफ्नो टिम सहित पीडितहरुको घरमै पुगेर राहत स्वरूप चामल, दाल, ब्ल्यांकेट, त्रीपाल,आलु,सोयाबिन, प्याज,तेल,साबुन,मसला चिउरा,दालमोट बाल्टिन जग लगायत खाने सामग्री सहयोग गर्नु भएको छ।

पीडितहरुको समस्यालाई तुरुन्त समाधान गर्न बजेटमा ब्यबस्था गरेको बताउदै अध्यक्ष यादवले जनबोलीको कदर गर्दै अगाडी बढछु भन्दै उहाँ समृद्ध पालिका बनाउन सबैको साथ र सहयोग आबश्यक रहेको समेत बताएका छन।पीडितहरु वास्तवमा गरीब छन र सिरहा जिल्ला भरी मात्रै दर्जनौ सहयोगी हात संस्थाहरु छन। सबै सहयोगी हातहरुको बिपत्त परेका परिवारहरु माथी कृपा होस।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤