ताजा समाचार

३७ औं विश्व एडस दिवस २०२४ लहानमा मनाइयो

  • मंसिर १७, २०८१
  • १२६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १७ मंसिर सिरहाको लहानमा शहिद चौकमा स्पर्श नेपाल सिरहा लहान, जिवन रेखा समाज लहान, जिवन ज्योति समाज लहानको सहयोगमा र जिल्ला स्वास्थ्य कार्यालय, सिरहा रा. उ. प्रादेशिक अस्पतालको आयोजनामा भव्यताका साथ हिजो मनाएका छन । 

कार्यक्रममा सहयोगी संस्थाहरुको प्रतिनिधिहरुले एड्स भएका विरामीलाई समाजमा हेर्ने दृष्टि राम्रो नरहेको वताएका छन । वास्तवमा भने हो यो एडसू रोग सर्ने तरिका असुरक्षित तरिकाले यौन सम्पर्क गर्दा, रोगी महिला पुरुषको सह‌वास वाट जन्मेका बच्चा रोगीले प्रयोग गरेको सिरिन्ज निडल अथवा रोगीले प्रयोग गरेको विभिन्न काटने औजार प्रयोग गर्दा मात्र सर्ने रोग भएको एड्स वाट पिडित रहेका मानिस‌लाई परिवार र समाज बाट अपहेलित नगर्न सुझाएका थिए। 

संचारकर्मीको जिज्ञासामा रा.उ. प्रादेशिक अस्पतालका प्रतिनिधि हरे राम महतोले यो रोग लागी सके पछि जिवन नै समाप्त भैहाल्छ भने होइन यसलाई चिकित्सकको निगरानीमा उपचार गर्न सक्यो भने लामो जिवन जिउन सकिन्छ बताएका हुन। उहाँ अगाडी थप्दै एडस सम्बन्धी जुन अपबाह फैलिए‌को छ त्यो सरासर गलत हो जसको कारण एडस रोगीहरु आफैमा एडस् रोगीहरु म पृथ्वीको बोझ हो भनेर ठान्छन। अनेक पिड़ा कष्ट उनी सहेर वाचि रहेको हुन्छन अब ती सबै अपवाहलाई चिर्दै चिकित्सको निगरानीमा अगाडी बढन र सहि चिक्ट्रिसको निगरानीमा यसको उपचार गरे लामो जिवन जिउन समस्या नरहेको समेत बताएका हुन। 

खास गरी असुरक्षित यौन सम्पर्कको कारण एडस् सर्ने गरेको विभिन्न अनुसन्धानले देखाई सकेका छन। यसलाई नियन्त्रण गर्न विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु बर्षों देखी लागी परे पनि यस सम्बन्धी व्यापक जनचेतना समुदाय स्तरमा फैलाउन उतिकै जरूरी रहेको कार्यक्रममा सहभागी विभिन्न वकताहरूको रहेको थियो।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤