ताजा समाचार

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा फरार प्रतिवादी पक्राउ

  • मंसिर १२, २०८१
  • १०२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु, मंसिर १२ सम्मानित कपिलबस्तु जिल्ला अदालत तौलिहवा कपिलवस्तुको लगत नम्बरहरु २४१८, २४२०, २४२२ नकवजनी चोरी कसुर मुद्दामा ०१ (एक) वर्ष ०१ (एक) महिना १५ (पन्ध्र) दिन कैद सजाय र रु.१,९५,११८।- (एक लाख पन्चानब्बे हजार एकसय अठार मात्र) जरिवाना असुल गर्न बाँकी भई फरार रहेका प्रतिवादी लाई सोमवार इलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी टोलीले पक्राउ गरेको छ। 

कपिलवस्तु जिल्लाको कृष्‍णनगर नगरपालिका वडा नं. ०२ पुरानो बसपार्क बस्ने बर्ष ३२ को मोहम्मद आजम मुसलमानलाई उक्त लागेको कैद तथा जरिवाना असुल उपर गर्नु पर्ने भएकाले कृष्णनगर नगरपालिका वडा नं. ०२ पुरानो बसपार्क स्थितबाट पक्राउ गरी सम्मानित कपिलबस्तु जिल्ला अदालत तौलिहवा कपिलवस्तुमा मंगलवार उपस्थित गराईएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए। कैद भुक्तानको लागी कारागार कार्यालय तौलिहवा कपिलवस्तु पठाईएको इलाका प्रहरी कार्यालय कृष्णनगरलेजनाएको छ ।

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤