ताजा समाचार

नवराजपुरमा दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न

  • मंसिर १०, २०८१
  • १०३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १० मंसिर सिरहाको नवराजपुर‌ गाउँपालिका द्वारा आयोजित दोसो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ हिजो समापन भए‌को छ। उक्त खेलमा ५वटै वाडाका ५ वटा टिम सामिल गराई जम्मा १४ खेल खेलाइएको थियो जस‌मा अन्तिम फाइनल खेल वाडा न.१ र ४ का विच भएकोमा वाडा न. १ प्रथम भएका छन भने २९ रनले पराजित वाडा न. ४ दोस्रो भएका थिए। पहिलो हुने टिमले रु ५० हजार नगद सहित शिल्ड र ट्रफि प्राप्त गरेका थिए भने दोस्रो टिमले रु ३१ हजार नगद सहित शिल्ड र ट्रफि प्राप्त गरि चित बुझाएका थिए। 

आयोजक कमिटि अध्यक्ष संजय चौधरीको अनुसार यो खेल पालिका स्तरीय थियो र पाँच वटै वडाका सबै खेलाडीहरु आफुमा बलियो नै देखिएका थिए बताएका हुन। स्थानीय पुरुसोतम साहको उद्‌घोषमा शुरु भएको खेलमा सन्तोष र सुर्याले एम्पायरको भुमिका निर्वाह गरेका थिए भने रूद्र कुमार यादवको लाजवाव कमेन्टर रहेको थियो।

कार्यक्रमलाई समापन गर्दै गा.पा.अध्यक्ष शिवउदगार यादवले खेलजगत शरिरीक, मानसीक रूपले उत्तम मानिन्छ र युवाको चाहना पनि भएकोले मेरो नेतृत्वको स्थानीय सरकार यस कार्यलाई प्राथमिकतामा राखेर युवाहरूको चाहना मुताविक हामी अगाडी बढि रहेको बताए‌का थिए।

उहाँ अगाडी थप्दै मेरो चाहना छ यसरी नै पालिका भित्रका युवा शक्तिलाई खेल मार्फत राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा पुयाउनु जस‌ले हाम्रो पालिकाको पहचान पनि बन्छ साथै कुलतमा फसेका युवाहरुलाई खेल मार्फत बचाउन खोजेका छौ र यस कामका लागी आम पालिका वासीको पनि उतिकै सहयोगको आवश्यकता रहेको समेत वताएका थिए।

May be an image of 6 people and text

May be an image of 6 people, temple and text

 

प्रतिक्रिया दिनुहोस

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤