जन्ता नमुना मा.बि. मौवाहीमा भित्रबाहिर तालाबन्दी मानसिक तनाव खेप्न सक्दिन प्र.अ. यादव

  • कार्तिक २९, २०८१
  • ४७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २९ कार्तिक । सिरहाको सखुवानन्कारकट्टी गा.पा.१ जन्ता नमुना मा.बि. मौवाही प्राबिधिक धारको मुख्य द्वारमा भित्र बाहिर दुबै पट्टी केहि बेर तालाबन्दी भएको थियो। बिगत लामो समय देखि बि.ब्य.स. बिहिन यस बिधालयमा धेरै दिन देखि बिबाद चलिरहेको छ। धेरै पहिला देखि नाम चलेको यो बिधालय ठुलो क्षेत्रफलमा फैलिएको सुबिधा सम्पन्न बिधालय हुदाहुदै बिभिन्न कारणले यहाँ बिद्यार्थीको संख्या दिन प्रतिदिन घट्दै गैरहेको छ।

बिधालयमा तालाबन्दी भएको सुचना पाउने बितिकै हाम्रो टिम त्यहाँ पुग्दा सर्ब प्रथम बिधालय संगै रहेका वाडाकार्यलयमा पुगेर वाडाअध्यक्ष संग भेट्ने प्रयास गर्यौ तर वाडाअध्यक्ष संजय यादवले म अहिले बिजि छु केहि बेर बाहिर बस्नुस भने जवाफ आयो अनि हामी बाहिर आउदा प्र.अ. बिबेक यादव संग सम्पर्क गर्दा बाहिर बाट ताल्चा लागेको छ र म केहि समुदायका भद्रभलादमीहरु बोलाएको छु ब्रेक पछि भित्र आउनुस भनेर जवाफ आयो।

लगभग एक घण्टा हामी बाहिर कुरेर बस्यौ तब सम्म समुदायका केहि ब्यक्तिहरु केहि प्रहरीहरु पनि जम्मा भयो र ढोकाको दुबै पट्टीको ताल्चा खुले पछि समुदायहरु प्रहरी संगै हामी पनि भित्र गयौ। केहि बेरमै समुदायको भद्रभलादमी र शिक्षकहरूको टिम सन्युक्त रुपमा अनौपचारिक बैठक बस्यो। बैठमा तालाबन्दी सम्बन्धि बिस्तार बताउदै प्र.अ. बिबेक यादव आज १०:३० बजे घण्टी लाग्यो र १०:३१ मा वडाअध्यक्ष संजय यादवले फोन मार्फत नानाथरी बोलेर हामी शिक्षकलाई मानसिक तनाव दिएका छन बताउदै हामीलाई यस बिधालयमा काम गर्ने वतावरण रहेन समाजको नजरमा म गलत हो भने म यहाँ किन बस्ने? सधैंको किचकिचले बिद्यार्थी संख्या पनि दिनप्रतिदिन घट्दै गैरहेको छ बताए।

तालाबन्दी सम्बन्धमा समुदायको सवालमा प्र.अ. यादव केहि दिन अगाडी वाडाअध्यक्ष यादव वाडाकार्यालयमा मलाई बोलाएर मलाई अभद्र व्यबहार गरी गालीबेज्जती गरेको गुनासो समुदाय समक्ष पोख्दै कयौ पटक बिधालय भित्रै आएर अध्यक्ष यादव हामी संग अभद्र व्यबहार गरेको सम्झेर आज पनि त्यही घटना त दोहोरिने त होइन भनि सोचेर आफ्नो सुरक्षाको लागी र कक्षा चलेको बखत बिद्यार्थी अनावश्यक बाहिर न जाओस भनि उद्देश्यले बिधालयको मुल गेटमा ताल्चा लगाइएको जवाफ फर्काए।

प्र.अ. यादव अगाडी थप्दै वडाअध्यक्ष यादव सि.सि. क्यामरा लगाएर बिधालयको हरेक गतिविधि वाडा कार्यालय भित्र बाट मोनिटाइज गर्दैछन जसको असर छात्रछात्रालाई पर्दैछन भन्दै बिधालयको हरेक गतिविधिको रिपोर्ट वाडाकार्यालयमा पठाउन निर्देशन दिन्छन यो कुन कानुन संगत हो समुदाय समक्ष राकेका छन। अझ थप्दै प्र.अ. यादव अध्यक्ष जी ले त आज हद पार गर्दै सि.सि.क्यामराको भिडियो समाजिक संजालमा नै शेयर गरेर हामीलाई मानसिक तनाव दिएका छन हामी यहाँ काम कसरी गर्ने आफ्ना गुनासा समुदाय संग पोखेका छ्न। शिक्षहरुको गुनासो सुने पछि समुदायका बुद्धिजीवी भद्रभलादमी हरुले जे हुनु थियो भसक्यो शिक्षक साथीहरू आतिनु पर्ने आबश्यक छैन, डराउनु पर्ने आबश्यक छैन। मौवाही समाजको धेरै लगानी यस बिधालय प्रति छ हामी यसलाई बिग्रीन दिदैनौ बरु यो बिधालय पाँच गाउँको बिचमा छ सबै गाउँको जिम्मेवार र सरोकारवालाहरुको बैठक बोलाउनुस त्यही बाट यो समाधान हामी खोज्छौ सुझाएका छन। अन्तमा ती सबै भेला भएका समुदायहरु वाडाअध्यक्ष यादव संग समन्वय गरेर मंसिर ३ गते पछि बैठक बस्ने अनौपचारिक निर्णय सहित बैठक सम्पन्न भएको थियो।

अर्को तर्फ हामी संचारकर्मी बैठकको आधारमा वाडाअध्यक्ष संजय यादव संग समय मागेर जिज्ञासा् राख्दा तपाई बाहिर बाट ताल्चा किन लगाउनु भयो ? भन्ने प्रश्नको जवाफ दिदै अध्यक्ष यादव प्र.अ. वाडा कार्यालय संग समन्वय नगरी मनपरी ढंगले बिधालय चलाइ रहेको र बिधालयको हरेक थोक बिगारेर पढाई लेखाइ चौपट्ट पारेको, शिक्षकहरु मनपरी बिधालय आउने जाने गरेको, वाडाकार्यालयले मागेको बिषयबस्तु उपलब्ध नगाएको जवाफ फर्काउदै आज अभिभावक ४५ मिनेट बाहिर उभिएको देखेर म गेटमा पुग्दा पनि ढोका नखोलेकोलेको बाध्य भएर बिधालयको मुल द्वारमा मैले ताल्चा लगाउन लगाएको बताए।

यस सम्बन्धमा हामी केहि स्थानीयहरु संग सोध्दा वाडाअध्यक्ष यादव पदभार सम्हाले देखि बिधालयमा समस्या शुरु भएको बताएका छन। स्थानियहरुको अनुसार वडाअध्यक्ष संजय यादव वार्डको सबै नागरिकको अभिभावक हो। ठिक छ बिधालयमा समस्या छ। शिक्षक वा प्र.अ.मा समस्या आयो त्यसको समाधानका लागी निकाय छन, समाज छन। बरु ती सबैको समन्वय र सहकार्यमा समाधानको खोजीनिति गर्नुपर्नेमा अर्कै बाटो अख्तियार गरि अध्यक्ष यादव अगाडी बढ्दैछन। यस्तो गतिविधिले न त बिधालयको सुधार न त समाजको नै सुधार हुन्छ सुझाएका छन।

वास्तवमा भन्नु पर्दा जुन हिसाबको गतिविधि त्यहाँ हुदैछन यसमा न त बिधालय न त बिद्यार्थी न त शिक्षक न त समुदाय कसै हितकारी देखिएन। बिधालय राम्रो बनाउनु छ भने सबै पक्ष पहिला आफ्नो हठ त्याग्न जरुरी छ। अभिभावक सक्रिय हुन जरुरी छ। संस्था जरुरी छ ब्यक्ति जरुरी होइन। संस्था रहे ब्यक्ति आउने जाने भैरन्छ।वाडाबासी यस तर्फ गम्भीर हुन जरुरी छ। यस संग सम्बन्धित निकाय सरोकारवाला गम्भिर हुन जरुरी छ। आशा गरौ आउने समयमा हुने सर्बपक्षीय बैठक बाट समस्याको समाधान होस।

प्रतिक्रिया दिनुहोस

अपाङगता बालबालिकाको ...

राधेश्याम राम सप्तरी मंसिर १७ । बाँसले बेरेको एकतले घरको पिँडीमा बोरा बिछ्याइएको छ । विछ्र्याएको बोर ...

३७ औं विश्व एडस दिवस ...

रहमुल लहान १७ मंसिर सिरहाको लहानमा शहिद चौकमा स्पर्श नेपाल सिरहा लहान, जिवन रेखा समाज लहान, जिवन ज्य ...

सम्माननीय उपराष्ट्रप ...

मंसिर १७ । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले बारास्थित प्रसिद्ध शक्तिपीठ श्री गढ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१