ताजा समाचार

खेलाडीहरुको हौसला बुलन्द गर्न क्रीकेट सामग्री प्रदान

  • कार्तिक २७, २०८१
  • १०३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २७ कार्तिक सिरहाको नवराजपुर गाउँपालिका ४ को युवाहरुको बिशेष आग्रहमा खेलाडीहरुको हौसला बुलन्द गर्न गा.पा.अध्यक्ष शिव उदगार यादव(शिवा) र प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह द्वारा खेलाडीहरुको मनोबल उच्च रहोस् भन्ने उद्देश्यले क्रीकेट सामग्रीहरू प्रदान गरिएको छ। हाल युवाहरूको लागी क्रीकेट खेल पहिलो रोजाईमा पर्दछ र खेल युवाहरूको लागी आबश्यक पनि रहेको देखिन्छ। खेल जगतलाई उजागर गर्न बिगत ३ बर्ष देखि शिवउदगार यादव नेतृत्वको स्थानीय सरकार लागी परेको धेरै उदाहरणहरु प्रष्ट देख्न सकिन्छ।

संचारकर्मी संग छोटो कुराकानी गर्दै गा.पा. अध्यक्ष यादव समुदाय स्तरमा रहेका धेरै युवाहरू कुलतमा फसेर बिभिन्न बिकृतिहरु फैलाइ रहेका छन र यसलाई नियन्त्रण गर्न खेल जगत पनि एउटा राम्रो माध्यम रहेकोले मेरो नेतृत्वको सरकार यस तर्फ विशेष जोड दिएको बताएका छन।

उहाँ अगाडी थप्दै नवराजपुर गा.पा. हरेक क्षेत्रमा पहिला देखि पछि पारीएका क्षेत्र भित्र परेको थियो। शिक्षा,स्वास्थ,कृषि, सडक, सुचना तथा संचार लगायत अन्य क्षेत्र पनि अस्तव्यस्त नै थियो तर मेरो नेतृत्वको स्थानीय सरकारले धेरै हद सम्म धेरै बिषयलाई समेट्दै बिकास कार्यलाई अगाडी बढाइ सकेका छौ जुन सबैको सामु छर्लङ्ग नै छन तर युवा बिना बिकास सम्भव नरहेकोले हामी युवा बिकासलाई पनि प्राथमिकतामा राखेर अगाडी बढदैछौ र हाल खेल जगतलाई बढावा दिदै यस पालिका बाट राम्रो खेलाडी उत्पादन भइ अन्तर्राष्ट्रिय स्तरमा हाम्रो खेलाडीहरु पुगुन मनसायका साथ मेरो नेतृत्वको सरकार अगाडी बढिरहेको समेत उनले बताएका छन।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤