ताजा समाचार

ऐतिहासिक कमलदह मेलाको सम्पूर्ण तयारी पुरा, यसपालि झन् भव्य र विशेष

  • कार्तिक २५, २०८१
  • ९७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजु कुमारी दास, कार्तिक २५ लाहान । चुरेको फेदमा अवस्थित छ ‘कमलदह’ चारैतिर हरियाली जङ्गल, शान्त वातावरण, चराचुरुङ्गीको मधुर चिरबिरको बीचमा रहेको मनमोहक दह, यसलाई विषेश बनाउदछ । झण्डै ४०-५० बिघा क्षेत्रफलमा फैलिएको यस दहमा स्नान गरेर पूजापाठ गरे मनोकांक्षा पुरा हुने मूख्य धार्मिक जनविश्वास रहेको सहकर्मी संजीव कुमार महतोले बताएका   छन् ।

Kamal Dah Ma Mela

सिरहाको मिर्चैया नगरपालिका -९ कमलदहमा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीय स्थलमा लाग्दै आएको ऐतिहासिक ‘कमलदह मेला’ दशकौं देखि प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिन देखि तीन दिनसम्म लाग्दै आएको कमलदह मेलाका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको मेला समितिले जनाएको छ । मेला २०८१ कार्तिक २७ गते मङगलवार देखी कार्तिक २९ गते बिहीवार सम्म लाग्ने र कार्तिक २७ गते विशाल कलश यात्राको आयोजना गरिएको छ । मेलाको उदघाटन मिर्चैया नगरपालिका प्रमुख श्रवन कुमार यादव बाट हुँने मेला समितीले जनाएको छ । 

मेलामा विगत झैँ यसपालि पनि मेलाको तीनै दिन, भारतका अयोध्या,गोरखपुर,बनारसका पहलवानहरू र नेपालका नाम चलेका पहलवान पहलाद बाबा,पारस थापा,गोपाल थापाको कुस्ती, मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम मैथली नाचको आयोजना गरिएको छ । मेलामा अत्यधिक भीड हुने भएकाले शान्ति सुरक्षाका लागि सुरक्षा निकाय, स्थानीय स्वयंसेवक पनि खटिनेछन् । मेला समितिले यसपालि पनि मेलालाई विशेष बनाउने गरी स्टल, बाटोघाटो, खानेपानी झुला लगायत सबै व्यवस्थापन मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤