ताजा समाचार

लहानको २१ मा छठका व्रतालुले आज ‘अस्ताउदो सूर्यलाई अर्घ ’दिदै

  • कार्तिक २२, २०८१
  • ११८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान २२ कार्तिक । मधेश प्रदेशमा यति खेर छठपूजामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन स्थानीय पोखरी, तलाउ, नदी किनारमा बनाइएको घाटहरू सजाइएका छन्। छठपूजामा सिराहा जिल्लाको लहान नगरपालिका २१ मधोपुर, लहान ३ का रघुनाथपुर पोखरी, मटियर्वा पोखरी, बलान, खुट्टीखोलालगायतका ठाउँहरूमा बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन घाटहरू दुलहीझैँ सिँगारिएका हुन् । 

सूर्यको पूजाअर्चना गरी मनाइने छठ पर्वको तेस्रो दिन बिहीबार कात्तिक शुक्ल षष्ठी तिथिको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन घाटहरू सजाइएको हो । माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानालगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्कीया, नाङ्लो, केरा, ठकुवा, भुसवा, खजुरीया लगायतका परिकारहरू राखेर जलाशयमा शरीर डुबाउँदै अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि राति जलाशय, नदी, तलाउ किनारमा अर्घ्य दिइएका सामग्रीहरू कतिपयले घरमै ल्याएर पुनः भोलिपल्ट झिसमिसमै घाटमा पुर्‍याउँछन् भने कतिपयले त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गर्छन् । कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपूजा समापन भएको मानिन्छ। कात्तिक शुक्ल षष्ठीको साँझ अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्यसहित गरिने छठपूजाले निरोगी हुने, निःसन्तान दम्पतीले सन्तान प्राप्ति गर्ने, सन्तान अकाल मृत्युबाट जोगिने, छालाजन्य रोगव्याधि नलाग्ने धार्मिक मान्यता रहेको छ । 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤