ताजा समाचार

नगर ब्यापार समिति बोदे बर्साईनद्वारा मृतक परिवारलाई आर्थिक सहयोग

  • कार्तिक १९, २०८१
  • १०५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बोदे बर्साईन , सप्तरी :१९ कार्तिक: उमेश कुमार साह सप्तरीको बोदे बर्साईन नगरपालिका स्थित नगर ब्यापार समिति बोदे बर्साईनले क्यान्सर रोगबाट मृत्यु भएको अजय कुमार साहको परिवारलाई आर्थिक रकम सहयोग गरेको छ । बोदे बर्साईन नगर ब्यापार समितिका अध्यक्ष देव नारायण साहको नेतृत्वमा रकम मृतक साहको परिवारलाई सहयोग गरिएको हो ।

Open photo

मृतकको घर बोदे बर्साईन नगरपालिका वडा नम्बर ५, बजारस्थित पुगेर उनकी श्रीमति गिरिजा कुमारी सोनार लाई नगर समिति अध्यक्ष देव नारायण साह र सप्तरी उधोग वाणिज्य राजबिराजका अध्यक्ष लालुप्रसाद अग्रवालको संयुक्त उपस्थितिमा उहाँको परिवारलाई रू ५१ हजार नगदसहित हस्तान्तरण गरिएको हो । मृतक अजय कुमार साहको २ छोरा र ३ छोरी छन् । 

सो क्रममा वडाध्यक्ष राजकुमार यादवले सहयोगी हातहरुप्रती विशेष आभार व्यक्त गर्दै वडाबाट हुने सहयोग र पालिकाको तर्फबाट मिल्ने सहयोगको लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयाे । रकम हस्तानतरण कार्यक्रममा जिल्लाका प्रतिनिधि , बजार बासी, नगर समिति, सल्लाहकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

बोदेबर्साइनमा जसपा न ...

रहमुल, सप्तरी, ११ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–९ सोबरनपट्टीमा विभिन्न राजनीतिक दल ...

सप्तरीको सीमावर्ती क ...

रहमुल, सप्तरी ११ कात्तिक । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित नेपाल– ...

सातौ मेयर गोल्डकप–२० ...

ओम प्रकाश यादव लहान, कार्तिक ९ । सप्तरीमा कार्तिक १ गतेदेखि सञ्चालन भएको ‘सातौ मेयर गोल्ड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤